आश्विन २१, २०८१ सोमबार

हिन्दु राष्ट्रको एजेण्डा लिएर क्रिस्चियन यूवतीले चुनाव जितीन



bina

धादिङ्ग – हिन्दु राष्ट्रको वकालत गर्ने पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट क्रिश्चियन धर्मावलम्बी उम्मेदवार विजयी भएकी छन् ।
धादिङको रुबिभ्याली गाउँपालिकाको उपाध्यक्षमा क्रिश्चियन धर्मालम्बी बिना लामा विजयी भएकी हुन् । उनले १ हजार ४ सय ९ मत ल्याउँदै नेकपा माओवादी केन्द्रकी अमृता तामाङलाई हराईन ।
बिना कलाकार पनि हुन । तामाङ भाषाका गीत गाएकी लामाले केही म्युजिक भिडियोमा अभिनय पनि गरेकी छन् । कलाकार लामाको समर्थनमा प्रचार गर्न कलाकार तथा राप्रपाकी नेतृ कोमल वली हेलिकप्टर चार्टर गरेर रुवी भ्याली पुगेकी थिईन् ।
हिन्दु राष्ट्र बनाउने चुनावी घोषणापत्र बोकेर चुनाव लडेकी लामाले प्रमुख पार्टीहरुलाई चकित बनाउँदै विजयी भएकी छन्। रुवी भ्यालीमा प्रमुख पद पनि राप्रपाले नै जितेको छ ।
विधानमै हिन्दु धर्म र राजसंस्थालाई उल्लेख गरेको राप्रपालाई निर्वाचन आयोगले विधानबाट हिन्दु धर्म र राजसंस्था हटाउन निर्देशन दिएको थियो । तर राप्रपाले आन्दोलनबाटै निर्वाचन आयोगको निर्देशन फिर्ता गराएको थियो । विधानमा हिन्दु राष्ट्र कायम राख्नका लागि राप्रपाका अध्यक्ष कमल थापा आफू उपप्रधानमन्त्री रहेको मर्यादा समेत विर्सेर सडकमा उउत्रेका थिए । उज्यालो अनलाईनबाट