आश्विन २३, २०८१ बुधबार

प्रथम राष्ट्रपतिकी छोरी चुनाव लड्ने, चुनाब खर्च मात्रै एक हजार



काठमाडौं – गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादबकी छोरी अनिता यादबले दोश्रो चरणमा हुने स्थानिय निकायको निर्वाचनमा जनकपुर उपमहानगरको प्रमुखका लागि उम्मेद्धारी दिने तयारीम छिन् । यादब राष्ट्रपति हुदाँ प्रथम महिलाको रुपमा रहेकी अनिताले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिकाको मेयरका लागि आफु योग्य व्यक्ती भएको बताएकी छिन् ।
उनले आफुसंग योग्यता, अनुभव , कौशलता लगायत सबै क्षमता रहेको बताउँदैँ व्यक्तीगत रुपमा आफ्नो चाहना भन्दा पनि समाज रुपान्तरणका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताइन् । निर्वाचनका नाममा हुने करोडौँ लगानी र चलखेलका अगाडी आफु संग जम्मा एक हजार रुपैयाँ मात्र रहेको यादबले बताएकी छिन् । ‘कसैलाई खुसी बनाएर टिकट लिने वा पैसाको भरमा चुनाब जित्ने मेरो चाहना छैन ।’- उनले भनिन् । जनकपुरका जनताले आफुलाई पुर्बराष्ट्रपति पुत्रीका रुपमा नहेर्ने अनिताको दाबी छ ।

यो देश सतीले होइन प्रगतीले सरापेको हो,सबै लाई आफ्नो डम्फु बजाउँदैमा फुर्सद छैन । बैमानीहरुको समाजमा वफादारी र इमान्दारीको मूल्य कहाँ हुन्छ र र ? खुट्टा तान्नेहरुको भिडमा न्याय मुलक समाजको सम्मुनतिका लागि अन्याय कहिल्यै पनी सहन्न, स्वाभिमान कहिले पनी बेच्दिन र सधैँ अधिकारका लागि लडी रहनेछु ‘ उनले भनिन् ।

IMG_0385 उनले योग्य र सक्षम व्यक्ती चुन्न र चुनिन पाउने अधिकारको जनकपुरबासीले भरपुर प्रयोग गर्ने बताइन् । जब जब निर्वाचन आउछन् देशमा टिकट पाउने नेताकै छोरा छोरी,ज्वाइ नै हुन्छन् तर सर्बसाधारण जनताका छोराछोरी भने खाडी मुलुकमा धाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने उनको धारणा छ ।

‘जो योग्य छ त्यसले टिकट पाउनु पर्छ’ – उनले भनिन् । यादबले धेरै ठुला नेताका छोराछोरी जस्तो आफु कसैको कृपा र पावर लगाएर बेलायत पढ्न नगएको बताइन् । आफ्नो परिवारले सिकाएको असल शिक्षा र संस्कारका कारण उनले साधरण जिवनशैलीमा विदेशमा अध्ययन गरेर फर्किएका स्पष्ट पारिन् ।

देशभित्र असल राजनितिक संस्कारको विकास गर्ने हो भने पुरानो सोँच हटाउनुपर्ने उनको धारणा छ । ‘यो देश सतीले होइन प्रगती ले सरापेको हो,सबै लाई आफ्नो डम्फु बजाउँदैमा फुर्सद छैन । बैमानीहरुको समाजमा वफादारी र इमान्दारीको मूल्य कहाँ हुन्छ र रु खुट्टा तान्नेहरुको भिडमा न्याय मुलक समाजको सम्मुनतिका लागि अन्याय कहिल्यै पनी सहन्न, स्वाभिमान कहिले पनी बेच्दिन र सधैँ अधिकारका लागि लडी रहनेछु ‘ उनले भनिन् ।