आश्विन २१, २०८१ सोमबार

सभामुखले गराईन तीनदलबिच सहमति, भोली देशले नयाँ प्रधानमन्त्री पाउने



3 parties

काठमाडौं – सत्तारुढ र प्रतिपक्षी मूख्य तीन दलबिच संसदको गतिरोध अन्त्य संगै देशलाई निकास दिने विषयमा ४ बुँदे सहमति भएको छ । सभामुख ओनसरी घर्तिको पहलमा सिंहदरबारमा आज बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा उक्त सहमति भएको हो ।
सहमति संगै एमालेले संसद अवरोध नगर्ने भएको छ ।  आगामी माघ अगावै प्रदेश सभा र प्रतिनिधीसभाको निर्वाचन गर्ने सहमति पनि भएको नेताहरुले बताएका छन् ।
सहमति पछि मंगलबार देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ भने  दोश्रो चरणको निर्वाचनलगायतका विषयमा प्रतिपक्षी र सत्तारुढ गठबन्धन दलहरुबीच देखिएको विवाद साम्य भएको छ । सभामुखको रोहबरमा बसेको सोमबारको बैठकमा कांग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, एमाले नेता झलनाथ खनाल, सुवास नेम्वाङ, माओवादी नेता प्रचण्ड, नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो ।
तीन दलवीच भएको सहमति अनुसार मंगलबार संसद बैठक सुचारु हुनेछ । बैठक प्रारम्भ भएपछि तीन दलका शीर्ष नेताहरुले व्यवस्थापिका संसदलाई सम्वोधन गर्नेछन् ।

सहमतिका ४ बुँदा
१– असार १४ गते निर्धारित स्थानीय तहको निर्वाचन उक्त मितिमा नै निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने ।
२– प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन आगामी माघ ७ भन्दा अगावै ९कार्तिक, मंसिर महिनामा०, निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने ।
३– सबै तहका निर्वाचनहरु निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न विगतमा स्थानीय तहको निर्वाचनको पहिलो चरणमा देखिएका अनुचित र अनुपयुक्त क्रियाकलापहरु नगर्न सम्बद्ध सबैलाई आव्हान गर्ने ।
४– स्थानीय तहको प्रथम चरणको निर्वाचनमा देखिएका अव्यवस्थित र अनुचित कार्यको सम्बन्धमा छानबीन गर्न गठित संसदीय समितिको प्रतिवेदनलाई समेत ध्यानमा राखि निर्वाचनको स्वच्छता कायम गर्ने ।