आश्विन १८, २०८१ शुक्रबार

“महिलाले चलाएका सञ्चारमाध्यमलाई राज्यले अनुदान दिनुपर्छ”



IMG_4228काठमाडौँ । पत्रकार महिलाहरुले सञ्चालन गरेका सञ्चारमाध्यमलाई राज्यले विषेश अनुदानको व्यवस्था गर्नुपर्ने पत्रकार महिलाहरुले धारणा राखेका छन् । प्रेस काउन्सिल नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकार महिलाहरु सम्पादक रहेका सञ्चार माध्यमको अवस्था विषयक कार्यक्रमका सहभागी सम्पादक महिलाहरुले महिला भएकै कारण पत्रिका वर्गिकरणमा समेत विभेद हुने गरेको बताएका हुन् ।

   लामो समयदेखी पत्रकारीतामा क्रियाशिल बरिष्ठ पत्रकार अमृता लम्सालले पत्रकार महिलाहरुले धेरै दुखका साथ काम गरीरहेको बताइन् । उनले आफुहरुले पत्रकारीता शुरु गर्दादेखीका चुनौतीहरु अहिले पनि जस्ताको तस्तै रहेको बताउँदैँ पत्रकारीतामा महिलालाई निरुत्साहित बनाउन जस्तो सुकै हतकण्डा पनि अपनाउने धारणा राखिन् । सञ्चारिका समूहका उपाध्यक्ष नितु पण्डितले महिलाले सम्पादन गरेका पत्रिका ‘क’ वर्गमा नपर्ने गरेको बताउनुभयो । उहाँले महिलाले प्रकाशन गर्ने पत्रिकालाई छुट्टै रुपमा हेर्ने गरिएको बताइन् । द वाकर नामक अंग्रेजी मासिक पत्रिकाकी सम्पादक लक्ष्मी पुनले राज्यले महिलालाई कहाँ सुविधा दिएको भन्ने थाहा नहुँदा समस्या भएको दुखेसो पोखिन् । उनले सरकारले सञ्चारमाध्यमलाई दिने विज्ञापनमा समेत महिलोले सञ्चालन गरेका सञ्चारमाध्यमलाई विशेष स्थान दिनुपर्ने बताइन् । महिलाका पत्रिकामा लगानी कहाँबाट निकाल्ने भन्ने ठूलो चुनौती हुने गरेको हसना म्यागेजिनकी सम्पादक अमिका राजथलाको भनाइ छ । उनले महिलाका नाममा पत्रिका दर्ता गरेर त्यसको फाइदा अरुले नै लिने गरेको पनि बताइन् ।

  स्थापनाकालमा पत्रिका निकाल्न धेरै नै दुख,कष्ट भोग्नुपरेपनि पछिल्लो समयमा भने त्यस्तो समस्या नरहेको नबनारी मिडियाकी सम्पादक जानुका ढकालले बताइन् । उनले बजारमा कस्तो खुराक पस्किदा बजार लिन सकिन्छ त्यसैलाई समात्न सक्यो भने व्यवसायिक रुपमा अगाडी बढन् ग्राहो नहुने बताइन् । राज्यले महिलाका लागि धेरै रकम बिनियोजन गर्ने गरेपनि पत्रकार महिलाहरुका सञ्चारमाध्यमलाई सहयोग हुने खालका कार्यक्रम नरहेको ढकालको भनाई छ । महिलाले सम्पादन गरेका पत्रपत्रिकालाई माथिल्लो तहबाटै हेरिनुपर्ने सञ्चारकर्मी देवी त्रिपाठी श्रेष्ठले बताइन् । उनले महिलालाई हेर्ने दृष्टिकोणमा अझैपनि खासै परिवर्तन हुन नसकेको बताइन् ।

प्रेस काउन्सिल नेपालका सदस्य सुभेच्छा विन्दु तुलाधरले महिला सम्पादक भएका पत्रिकाका समस्या समाधान गर्न काउन्सिल गम्भिर रहेको बताइन् । उनले आफु प्रेश काउन्सिलमा सदस्य नियुक्ती भएपछि महिलाको हितमा केही न केही काम गरे्र देखाउनुपर्छ भन्ने उदेश्यले धरै काम गर्न प्रेरित गरेको बताइन् । क्रियाशिल पत्रकार महिला धधव की अध्यक्ष समेत रहेकी तुलाधरले महिलाकै हितमा काम गर्ने र त्यही कोटामा काउन्सिलमा गएकाले पनि आगामी दिनमा पत्रकार महिलालाई सहयोग हुने कार्यक्रम ल्याउन भुमिका निर्बाह गर्ने प्रतिबद्धता जनाइन् । पत्रकार महिलाका समस्या गहिराईमा पुगेर बुझ्ने र त्यसलाई समधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा प्रेश काउन्सिलको ध्यान पुगेको कान्सिलका बिज्ञ शंकर प्रसाद खनालले बताए ।