चैत्र १६, २०८० शुक्रबार

जिल्लाभरी एकमात्र महिला प्रमुख उम्मेदवार



bimala-thapaगुल्मी – राजनीतिक दलले महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउन अनाकानी गरेको अवस्थामा जिल्लामा एक मात्र महिला प्रमुख पदको लागि सिफारीस भएकी छन् । जिल्लाको ईश्मा गाउँपालीका अध्यक्ष पदका लागि विमला थापा प्रमुख पदमा सिफारीस भएकी हुन् । उनलाई नेकपा माओवादी केन्द्रले गाउँपालिका प्रमुखको उम्मेदवार बनाएको हो ।
ईस्मा वडा नम्वर ५ , साविकको ईस्मारजस्थल गाविसकी ३७ वर्षिया थापा माओवादीले गरेको शसस्त्र युद्धकालकै सक्रिय कार्यकर्ता रहेको माओवादी केन्द्रले जनाएको छ । उनी अहलिे अनेम संघ (क्रान्किारी) की जिल्ला सदस्य हुन् ।
१० गाउँपालिका र २ नगरपालिका भएको जिल्लाका अन्य गाउँ नगरमा भने महिलालाई प्रमुख पदको उम्मेदवारको रुपमा सिफारीस गरीएको छैन ।
उत्पिडनमा परेका वर्ग, लिंग र समुदायलाई राज्यसंयन्त्रको विभिन्न निकायमा अवसर दिने प्रकयाको शुरुवात माओवादी आन्दोलनले स्थापित गरेकोले आफूहरुले थापालाई गाउँ पालिका प्रमुख पदमा उमेदवार उठाएको सो पार्टीको पोलिट्व्युरो सदस्य तथा जिल्ला ईञ्चार्ज दिनेश पन्थीले बताए ।
पार्टीले मौका दिएकोले आफुले पनि महिलालो पनि केहि गर्न सक्छन भन्ने देखाउनका लागि उमेदवारीका लागि जोड गरेको थापाको प्रतिकृया छ । उनले ईस्मावासीले आफु महिला उमेदवारलाई जिताउने कुरामा विश्वास्त रहेको बताईन् ।