आश्विन २०, २०८१ आईतबार

यी महिला सांसद बन्दैछन मन्त्री



mahila mantri
काठमाडौ – महिला बिहीन मन्त्रीमण्डल बनाईको देउवा नेतृत्वको सरकारमा मन्त्री बन्न महिला नेतृहरुले दौडधुप गरेका छन् । पहिलो चरणमा महिला मन्त्री नै नराखेपछि महिला साँसदहरु महिलाहरुको सहभागीता सुनिश्चितता भन्दै मन्त्री बन्ने दौडमा लागेका हुन् ।
मन्त्रीमण्डल विस्ताको मिति टुंगो नलागेको भएपनि अव विस्तार हुने मन्त्रीमण्डलमो मन्त्री बन्न काँग्रेस, माओवादी र राप्रपाका महिलाहरुले लविङ्ग गरीरहेको नेताहरुले बताएका छन् ।
मन्त्रालय बाँडफाँड टुंग्यान काँग्रेसका तर्फबाट विमलेन्द्र निधि र अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की तथा माओवादी केन्द्रको तर्फबाट उपप्रधानमन्त्री कृष्ण बहादुर महरा र बर्वामान पुन सदस्य रहेको कार्यादल बनाईएको छ । महिला नेतृहरुले मन्त्री बन्नका लागि आ आफ्नो पार्टीका कार्यदलका सदस्य तथा पार्टी नेतृत्वसंग लविङ्ग तिब्र पारेका हुन् ।
मन्त्री बन्नको लागि काँग्रेसको तर्फबाट डा. डिना उपाध्याय, किरण यादव, सरिता प्रसाईले मन्त्री बन्न पाउनुपर्ने दावी पार्टीमा राखेका छन् । उनीहरुमध्ये डा. डिना उपाध्याय देउवा पक्षबाट, किरण यादव र सरीता प्रसाई पौडेल समूहबाट सिफारीस गरीएका साँसद हुन् । देउवा समूहले डिनाको नामको विषयमा करीब बिबाद नरहेपनि पौडेल समूहले किरण र प्रसाईमध्ये एकजना बनाउने गरी सिफारीस गरेको छ ।
त्यसैगरी माओवादी केन्द्रमा पूर्वमन्त्री रेखा शर्मा, अघिल्लोपटक मन्त्री बन्ने हल्ला चलेर पनि पद नपाएकी सिता नेपाली, साँसदहरु राममाया बोगटी, आशा कोईरालाले यसपटक आफू मन्त्रीबन्न पाउनुपर्ने दावी गरीरहेका छन् ।
माओवादीमा राज्यमन्त्रीका लागि पनि महिलाहरुको दावी तिब्र छ । सिर्जना तरामु, गोमा कुँवर, तेजकुमारी पोडैल लगायतको राज्यमन्त्रीमा तिब्र दावी छ । ‘सकै क्याविनेट मन्त्रीमै हामीहरुको दावी हो तर नयाँ भनेर महिलालाई पछाडी पार्ने गरीएको छ’ राज्यमन्त्रीका आकाँक्षीमध्येकी एक साँसदले भनिन् ‘यदि त्यसो हो भने मन्त्रीको जिम्मेवारी सम्हाल्नका लागि अनुवभ हासिल गर्न हामीलाई राज्यमन्त्रीकै जिम्मेवारी दिईयोस भन्ने हाम्रो माग छ ।’
सम्मानजनक स्थान पाएमा सरकारमा सहभागी हुने बताएको राप्रपा पनि सरकारमा गईहालेमा मन्त्री बन्न महिलाहरु अगाडी सरेका छन् । यसअघि स्थानीय विकास सहायक मन्त्री कुन्तीशाही मन्त्रीका लागि आफ्नो दावेदारी प्रस्तुत गरेको श्रोतले
बताएको छ । शाही मन्त्रालयबारे छलफल गर्नका लागि बनाएको कार्यदलकी सदस्य समेत हुन् ।