आश्विन २०, २०८१ आईतबार

रसुवा प्रशासन हाक्दै यी दुई महिला



देशका प्रमुख निकाय महिलाहरुले हाकिरहेका छन् । देशकै प्रमुख व्यक्ती अहिले राष्ट्रपति बिद्यादेवी भण्डारी रहेकी छिन् भने व्यवस्थापिका हाक्ने अर्की पहिलो महिला हुन् ओनसरी घर्तीमगर । न्यायपालिकाको प्रधानन्याधिशको जिम्मेवारी सफलता पुर्वक सम्पन्न गरेर शुसिला कार्की बाहिरीएको धेरै भएको छैन् ।

2

 यता देशकै निजी क्षेत्र हाकीरहेकी छिन् भवानी राणाले भने सरकारी स्वामित्वको नेपाल टेलिकमको महाप्रबन्धक भएर टेलिकमलाई नाफामुखी बनाउनेमा अब्बल रहेकी छिन् कामीनीराज भण्डारी ।

देशका हरेक निकायमा महिलाहरुले नेतृत्व लिइरहेको समयमा रसुवा जिल्लाको प्रशासन पनि पहिलो पटक महिलाको हातमा पुगेको छ । जिल्लामै पहिलो पटक प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक प्रमुख जिल्ला अधिकारी दुवै महिलाले हाकिहरेका छन् । गृहमन्त्रालयले गत बुधबार गरेको सिडियो सरुवामा उपसचिव हिरादेवी पौडेललाई रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो । उनिसंग तत्कालिन संचारमन्त्री राम कार्कीको स्वकिय सचिवको रुपमा काम गरेको अनुभव समेत रहेको बताइन्छ ।पौडेलले रसुवाको ३६ औ प्रमुख जिल्ला अधिकारीको रुपमा बुधबारदेखी नै कार्यभार सम्हालेकी छिन् । उनलाई सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलले जिल्ला प्रशासन कार्यालय धुम्चेमा स्वागत गरेकी थिईन । उनी केही महिनाअघि मात्र उपसचिवमा बढुवा भएकी हुन ।उपसचिव पौडेल गृहप्रशासनमा एक कुशल र निडर महिला अधिकृत मानिन्छन् । भारत र चीनबिच सिमा बिवाद चलिरहेका बेला चीनसंगको प्रमुख नाकाका रुपमा रहेको रसुवाको प्रशासनिक नेृतत्व यससंगै महिलाको काधमा पुगेको छ ।

रसुवामा कार्यरत प्रजिअ चोमेन्द्र न्यौपानेको ठाउमा पौडेललाई जिम्मेवारी दिइएको हो । रसुवामा सहायक प्रमुख जिल्ला अधिकारी पनि महिला नै छन् । गृहमन्त्रालयले यसअघि नै शाखा अधिकृत स्मीता पौडेललाई सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी दिइसकेको छ । साभार : काठमान्डुपाटी