आश्विन १९, २०८१ शनिबार

भारतीय पत्रकार गौरी लंकेशको गोली हानी हत्या



Gauri

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारूढ दल भारतीय जनता पार्टीका कट्टर आलोचक वरिष्ठ पत्रकार गौरी लंकेशको मंगलबार गोली हानी हत्या गरिएको छ। लंकेश पत्रिकाका सम्पादक समेत रहेकी उनको शरीरमा गोली बर्साएर हत्या गरिएको हो ।

 बेङ्गलुरुस्थित घर नजिकै हत्या गर्ने क्रममा उनको शरीरमा गोलीले छेडिएका कयौँ चोट भेटिएको छ । उनीमाथि मोटरसाइकलमा आएकाहरूले सात गोली हानेका थिए । जसमा चार गोली उनको छातिमा लागेको थियो । लंकेशको यसअघि पनि पटक पटक हत्या प्रयास भएको थियो । उनीमाथि पटक पटक गोली हानिए पनि बाँच्न सफल भएका थिए ।

वरिष्ठ पत्रकार गौरी लंकेशलार्इ उनको घर बाहिर गोली हानेर हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भाजपाका कठोर आलोचक वरिष्ठ पत्रकार गौरी लंकेशमाथि यसअघि पनि हत्या प्रयास भएको थियो ।

समाचार एजेन्सी एएनआईले यो कुराको पुष्टि गरेको छ। उनको घर राजाराजेश्वरी नगरमा रहेको थियो । उनको शरीरमार गोलीका धेरै डोब भेटिएका छन् । गौरी लंकेशलार्इ मोदी र भाजपाको हिन्दुत्ववादी राजनीतिको घोर आलोचक मानिन्थ्यो। बेङ्गलुरू पुलिसका  डीसीपी वेस्ट एनएन अनुचेथले यस घटनाको पुष्टि गर्दै लंकेशमाथि घर नजिकै गोली हानिएको जनाएका छन् । उनको शव घरकै बरन्डामा भेटिएको छ । यस घटनाको विस्तृत विवरण अझै प्राप्त भइसकेको छैन ।