आश्विन २३, २०८१ बुधबार

को हुन प्रदेश दुईमा विजयी पहिलो महिला मेयर ? मन्त्री श्रीमानकी मेयर श्रीमती



 

rina-kumari-shahरीनाकुमारी उर्फ कविता साह प्रदेश २ को पहिलो महिला मेयर बनेकी छन् । साह रौतहट मौलापुर नगरपालिकामा माओवादी केन्द्रबाट मेयर चुनिएकी हुन् ।रीनाले संघीय फोरमका राम एकवाल रायलाई १७०४ मतान्तरले पराजित गरिन् । मेयरमा निर्वाचित साहले ३ हजार ९१२ मत पाउँदा राम रायले २२०८ मत मात्र पाए । रौतहटमा माओवादीले जित पक्का भएको दाबी गरेको स्थानीय तह मध्ये एक मौलापुर हो । त्यसमाथि मौलापुरमा मेयरका उम्मेदवार रीना थिइन् ।
शहरी विकास मन्त्री प्रभु साहकी श्रीमति रीना
पूर्वमन्त्री एवं वर्तमान शहरी विकास मन्त्री रहेका प्रभु साहकी श्रीमती हुन् रीना शाह । रीना बिहेभएपछि मात्र माओवादीमा सक्रिय भएकी हुन् । प्रभु र रीनाको विवाह ०५६ मा भएको हो । त्यसको एक वर्षपछि रीना माओवादीमा सक्रिय भइन् ।सशस्त्र द्वन्द्वकालमा रुकुम रोल्पासम्म पुगेकी उनी जिल्ला कमिटीमा बसेर काम गरिन् । तर, साह ०६४ मा सांसद भएपछि परिवारसहित काठमाडौं बस्दै आएकी थिइन् । त्यसपछि राजनीतिमा खासै सक्रिय भइनन् ।माओवादी शान्ति प्रक्रियामा आइसकेपछि दुई छोराहरुको हेरचाह एवं लगभग गृहिणीको जस्तै भूमिकामा रहे पनि अब रीनाले घर गृहस्थीबाट बाहिर निस्केर जनप्रतिनिधिको भूमिका खेल्ने अवसर प्राप्त गरेकी छिन् । दुई नम्बर प्रदेशको मेयरमा पहिली बिजेता बन्न सफल भएकी रीनाले एसएलसीसम्म अध्ययन गरेकी छिन् ।