बैशाख ११, २०८१ मंगलबार

तिहारमा छोरीहरुलाई राष्ट्रपतिले बाडिन् गुन्युचोली



afndlGb/sf aflnsf /fi6«klt ljBfb]jL e08f/Låf/f laxLaf/ k|bfg ug'{ePsf] u'Go"rf]nf]df ;lhPsf afndlGb/sf aflnsf . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ –  राष्ट्रपति विद्यादेवी भण्डारीले बालमन्दिरका बालिकालाई आज गुन्यूचोलो प्रदान गरिन् ।लक्ष्मीपूजाको अवसर पारेर राष्ट्रपति भण्डारीले ६ देखि १६ वर्षका ४३ बालिकालाई गुन्यूचोलो प्रदान गरेकी हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले स्वस्ती वाचनसहित लक्ष्मीपूजा गर्नु भई बालिकालाई गुन्यूचोलो प्रदान गरेकी हुन् । बालमन्दिरका पदाधिकारीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपति भण्डारीले नेपालको संस्कृतिअनुसार बालिकालाई गुन्यूचोलो बाँड्न पाउँदा अत्यन्तै खुशी लागेको अनुभूति सुनाइन् ।

हरेक बालिकालाई छिटको साडी,रातो छिर्केमिर्के, ढाका चोली, सेतो पटुकी, कालो सुरुवाल, मखमलको रातो चप्पल एक जोर, रातो काँचको चुरा एक दर्जन र केशका लागि धागो दिइएको थियो । बालमन्दिरका कार्यकारी निर्देशक बालकृष्ण डंगोलका अनुसार बडादशैँको महानवमीका दिन बालमन्दिरका तर्फबाट भाइको पशुपतिमा लगेर पूजा हुने गरेको सन्दर्भमा छोरीहरुलाई पनि गुन्यूचोली बाँड्न सल्लाह दिएकी थिइन् ।