आश्विन २६, २०८१ शनिबार

रञ्जुले कलव्याक गर्दैमा खुसी हुनुपर्छ र ?



Ranju_Darshana-2

असोज २४ गते ।
समय १२ः१६ बजे ।

रञ्जु दर्शनालाई पंक्तिकारले टेलिफोन गरे । दर्शनाले टेलिफोन उठाइनन् । उनले १ः१२ बजे कलव्याक गरिन् । मैले उनीसम्बद्ध दलकी नेतृको टेलिफोन नम्बर मागें । उनले भनिन्, ‘टेक्स्ट गर्छु ।’ नभन्दै उनले ७ मिनेटपछि १ः१९ बजे ‘टेक्स्ट’ गरिन् ।

रञ्जु दर्शनाले कलव्याक गरेकीमा पंक्तिकार तीनछक परेको हुँदै होइन । दर्शनाले पंक्तिकारलाई कलव्याक गर्दा अनौठो मानेको पनि होइन । औधी खुसी भएकोचाहिँ पक्कै हो । ‘उनले कलव्याक गर्दैमा खुसी हुनुपर्छ र रु’ भन्ने तर्क गर्न सकिन्छ । नसकिने होइन । तर, सानोतिनो कुरामा खुसी हुने नेपाली मनुवामध्ये म पनि परें ।

रञ्जुको ‘टेक्स्ट’ पाएपछि रहबर अन्सारीलाई सम्झें । केही समयअघि अन्सारीसँग काठमाडौंको कमलपोखरीमा रहेको सिटी सेन्टरमा भेटघाट भएको थियो । भेटमा वीरगन्ज महानगरपालिकाको मेयर उम्मेदवारीबारे लामो कुराकानी भयो ।

युवा र राजनीतिको दूरी घटेको छैन । युवापुस्तामा समेत राजनीतिलाई ‘फोहोरी खेल’ भन्नेको बाहुल्य छ । त्यसो भन्नेहरू विशुद्ध आफ्नो ‘करिअर’ बनाउन लोभिएका हुन्छन् । उनीहरू हरेक क्षेत्रमा आफूलाई कसरी उकास्न सकिन्छ भन्ने ध्याउन्नमा छन् । त्यसैका लागि संघर्षरत छन् । संघर्षका पापड बेले पनि भनेजस्तो प्रगति गर्न सकेका छन् ।

लामो दौडमा निस्केका कपाल फुलाएका घोडाहरू भने निर्वाचनबाहेक जनताको पहुँचमा रहन मान्दैनन् । कतिपय अवस्थामा सम्बन्धित पत्रकारले पाएको सूचना÷जानकारी प्रमाणित गरेर समाचार लेखौं भनेर १० पटक टेलिफोन गर्दा पनि ‘रिसिभ’ हुँदैन । ‘टेक्स्ट’ गरे पनि बेवास्ता गर्छन् । अन्त्यमा पत्रकारले सम्बन्धित सूचना ‘भेरिफाइ’ गर्न समाचारसँग सम्बन्धित व्यक्तिले टेलिफोन गर्दा उठाएनन् लेख्न बाध्य हुनुपर्छ ।

राजनीतिप्रति युवाको मनोविज्ञान बुझेका ३१ वर्षीय रहबर अन्सारी भने व्यक्तिगत वृत्तिविकासभन्दा टाढा रहेर राजनीतिमा ‘करिअर’ खोजिरहेका छन् । राजनीति भनेको समाजसेवा हो भनेर बुझेका अन्सारीले स्थानीय तह निर्वाचनअन्तर्गत माओवादी केन्द्रबाट वीरगन्ज महानगरपालिकाको मेयरमा उम्मेदवारी दिए । मेयरमा अर्कैले बाजी मारे पनि आफूले पाएको सम्मानजनक मतप्रति उनी कम्ती खुसी छैनन् । ‘नेता सधैं जनताको पहुँचमा हुनुपर्छ । ऊ महँगो गहना लगाएको ‘डमी’ जस्तो हुनुहुँदैन,’ कुराकानीक्रममा उनले थपे, ‘नेता जनताको पहुँचमा रहन सक्ने हुनैपर्छ । विकसित देशका मेयर साइकल चढेर सहरका गल्लीगल्ली चहारिरहेका देखिन्छन् । हामीले ठाँट पार्नु किन र ?

२५ वर्ष नपुगेकी रञ्जुसमेत रहबरसँग सहमत हुनुपर्छ । विवेकशील साझा पार्टी केन्द्रीय सदस्य उनले पंक्तिकारलाई त्यस्तै व्यवहार गरेको अनुभूति भयो । सायद नेता जनताको पहुँचमा हुनैपर्छ भन्ने मान्यताबाट उनी विचलित छैनन् ।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका नगर प्रमुखमा उम्मेदवारी दिएपछि उनी चर्चामा आइन् । परिवारले एक सय मत त ल्याउलान् कि भने पनि उनले १० हजारभन्दा बढी मत पाइन् । २५ वर्ष नपुगेपछि आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन नपाउँदा पनि उनी दुःखी छैनन् । राजनीतिमा लाग्नु भनेको लामो दौडको घोडा हो । उनी लामो दौडको घोडा हुन् । निर्वाचनअघि र पछि पनि उनको चर्चारपरिचर्चा हुने गर्छ ।

लामो दौडमा निस्केका कपाल फुलाएका घोडाहरू भने निर्वाचनबाहेक जनताको पहुँचमा रहन मान्दैनन् । कतिपय अवस्थामा सम्बन्धित पत्रकारले पाएको सूचना÷जानकारी प्रमाणित गरेर समाचार लेखौं भनेर १० पटक टेलिफोन गर्दा पनि ‘रिसिभ’ हुँदैन । ‘टेक्स्ट’ गरे पनि बेवास्ता गर्छन् । अन्त्यमा पत्रकारले सम्बन्धित सूचना ‘भेरिफाइ’ गर्न समाचारसँग सम्बन्धित व्यक्तिले टेलिफोन गर्दा उठाएनन् लेख्न बाध्य हुनुपर्छ ।

पहिले–पहिले काठमाडौंका राणाले मात्रै टेलिफोन प्रयोग गर्थे । समय परिवर्तन हुँदै गयो । बिस्तारै राजनीतिक दललाई टेलिफोन सुविधा दिन थालियो । टेलिफोन पाउनकै लागि राजनीतिक दल दर्ता गर्ने नभएका होइनन् । समयले झन् कोल्टे फेर्दै गयो । मोबाइल सेवा सुरु भयो ।

९८५१० को पहिलो ‘प्राइभेट’ ग्राहक नीर शाह हुन् भन्ने सुन्दा÷पढ्दा अचम्म लाग्थ्यो । सदनमा काँग्रेस नेता रामचन्द्र पौडेलको मोबाइलको घन्टी बज्दा हल्लीखल्ली भएको धेरै भएको छैन ।

तात्कालिक सञ्चार राज्यमन्त्री जयप्रकाश गुप्ताले ९८५१०२००१० मा गिरिजाप्रसाद कोइरालालाई डायल गरेर मोबाइल सेवा सुरु भएको समाचार पढेको हिजैजस्तो लाग्छ । हिजोआज सबै नेताका हातमा दुईरतीनवटा मोबाइल सेट हुन्छन् । त्यति नै संख्यामा मोबाइल नम्बर पनि हुन्छन् । घरभरि बिरालो भए पनि मुसा मारिदिएनन् भने औचित्य रहँदैन । हाम्रा नेताले दुईरतीनवटा नम्बरसहितको मोबाइल सेट प्रयोग गरे पनि सर्वसाधारणले १० पटक फोन गर्दा पनि ‘रिसिभ’ नहुने हो भने त्यो नेता पनि घरभरि बिरालो मुसा नमारे भनेजस्तै औचित्यहीनजस्तै लाग्नु अस्वाभाविक होइन ।

देशबिना पनि त नेता हुन सकिन्छ । तर, जनता र देशसहितको नेता हुँदामात्रै अर्थपूर्ण मानिन्छ । राजनीतिमै ‘करिअर’ बनाउन लागिपरेका रञ्जु दर्शनाहरूले यो कुरा बुझेका छन् । त्यस अर्थमा रञ्जु दर्शनाको कलव्याक आउँदा पंक्तिकार खुसी नहुने कुरै भएन । रातोपाटीबाट