चैत्र १६, २०८० शुक्रबार

उम्मेदवारको हेलिकोप्टरले बचायो मृत्युको मुखमा पुगेकी सुत्केरीको ज्यान



जाजरकोट – जाजरकोटमा एक उम्मेदवारले हेलिकोप्टर मगाएर उच्च रक्तश्राव भएकी सुत्केरीको ज्यान बचाएका छन् । प्रतिनिधिसभाका उम्मेदवार राजिव विक्रम शाहले हेलिकोप्टर मगाएरउच्च रक्तश्रावबाट पीडित कुशेगाउँपालिका(८ रिजापहाडाकी ३० वर्षकी चन्द्रादेवी रोका मगरको ज्यान बचाएका हुन् । चन्द्रादेवीलाई शाहले हेलिकोप्टर मगाएर उद्धार गरी नेपालगञ्ज पठाएका हुन् ।

१८ घण्टासम्म लगातार रक्तश्राव नरोकिएपछि मगरलाई शाहको पहलमा थप उपचारका लागि हेलिकोप्टरद्वारा नेपालगंज पुर्‍याइएको हो । मगर ९ दिनअघि दुर्गम गाउँ रिजापहाडास्थित घरमै असुरक्षित रुपमा सुत्केरी भएकी थिइन् । प्रतिनिधिसभाका उम्मेदवार शाहले ५ लाख रुपैयाँ निजी खर्चमा सुत्केरीको उद्धार गर्न हेलिकप्टर उपलब्ध गराएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

चुनावी अभियानको क्रममा रिजापहाडादेखि २५ कोश टाढाको जुनीचाँदे गाउँपालिकामा रहेका शाहलाई फोनमार्फत सुत्केरीको उच्च रक्तश्रावबाट ज्यान जान लागेको भनेर खबर गरेपछि शाहले हेलिकप्टरको ब्यबस्था गरेको अध्यक्ष बस्नेतको भनाई छ । समाजसेवी शाहले तत्काल हेलिकोप्टरको ब्यबस्था नगरेको भए सुत्केरीको ज्यान जाने खतरा रहेको बस्नेतको भनाई छ ।

उच्च रक्तश्रावका कारण उनको शरीरमा रगत अभाव भएको र ३र४ घण्टाभित्र थप रगत उपलब्ध नगराए ज्यान जाने खतरा रहेको स्थानीय स्वास्थ्यकर्मीले बताएपछि महङ्गो खर्च ब्यहोरेर हेलिकप्टरको प्रयोग गर्न बाध्य भएको बस्नेतले बताए । सुत्केरीलाई डोकोमा बोकाएर सडक पहुँचसम्म पुर्‍याउनै १० घण्टा लाग्थ्यो ।

त्यसपछि गाडीद्वारा नेपालगंज पुर्‍याउन थप ७र८ घण्टा लाग्ने र सुत्केरीको बाटोमै ज्यान जाने देखेपछि शाहलाई तत्काल हेलिकाप्टरको ब्यबस्था गर्न आग्रह गरीएको थियो । शाहले पोखराबाट ३ घण्टाभित्र हेलिकप्टर बोलाउँदा अचेत अवस्थामा रहेकी सुत्केरीको उद्धार भएको हो । ४ सन्तानकी आमा मगरले पाचौं सन्तानको असुरक्षित जन्म दिँदा उच्च रक्तश्राव भएको हो ।