चैत्र १६, २०८० शुक्रबार

प्रकाश विना उजाडिएकी बिना



Bina and Prakash 1 काठमाडौ – आगामी मंसिरमा हुने निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ तथा प्रकाश दाहालकी पत्नी बिना मगर शनिबार पनि चुनाबी कार्यक्रममा सहभागी भएर सुतेकी थिइन । चुनाब नजिकिएका कारण उनी चुनाबी गतिविधिमै व्यस्त थिइन ।

Prakash and Bina 5

आइतबार हुने चुनाबी कार्यक्रमहरुमा सहभागी हुने योजनाका साथ सुतेकी विनाको जिवनमा आइतबार कालो दिन बनेर आयो । पुर्व प्रधानमन्त्री ,नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा बिनाका ससुरा समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड आफैँ पनि चितवनबाट प्रतिनिधिसभाका उम्मेदवार भएका कारण प्रकाश पत्नी विनालाई सघाउन जान सकेका थिएनन ।

प्रकाश विना नै भएपनि बिना आक्रामक रुपमा चुनाबी कार्यक्रममा सक्रिय भएर लागेकी थिइन । तर आइतबार पती प्रकाश दाहाललाई हृदयघात भएको खबर कञ्चनपुरमै थाहा पाएपछि बिना छाँगाबाट खसेजस्तै भइन । प्रकाशलाई नर्भिकमा भर्ना गरिएको खबर पाएपछि उनी चराजस्तै उडेर प्रकाश भएको ठाउँमा पुग्न खोजीरहेकी थिइन तर त्यो सम्भब थिएन ।

उनी कञ्चनपुरको पहिलो फ्लाइटमा उडिन् र काठमाडौ विमानस्थलमा ओर्लिन् । त्यहाँ आइपुग्ने बेलासम्म बिनाको मनले प्रकाशको बारेमा धेरै अगाडी सम्म सोचीसकेको थियो । मनमा कता कता आशा बाँकी थियो भने चिसो पनि पसीसकेको थियो । उनी यही दोधारका विचमा सिधैँ नर्भिक अस्पत्ताल पुगिन् ।

त्यहाँ पुग्दा अस्पत्ताल परिसरमा मानिसहरुको भिड बढीसकेको थियो । नर्भिक अस्पत्ताल प्रकाशका बुवा प्रचण्ड,पत्नी बिना लगायतका परिवारका सदस्यको पर्खाइमा थियो । आफन्त,सुभचिन्तक र सर्वधारणको भिड छिचोल्दै रुदैँ,कराउँदै विना प्रकाश भएको ठाउँमा त पुगिन तर त्यहाँ प्रकाश पहिलेको जस्तो अवस्थामा थिएनन ।

Bina Prakasd and Chorra

प्रकाश कहिल्यै नखोल्ने गरी आँखा बन्द गरिसकेका थिए । अब कहिल्यै नबोल्ने गरी ओठ बन्द भइसकेका थिए । अब कहिल्यै जुरुक्क नउठ्ने गरी ढलेका थिए । अर्थात उनी चिर निद्रामा थिए । यो सब आँखा अगाडी देख्दा बिनालाई पत्याउनै मुस्किल भएको थियो । बिना डाँको छोडेर रोइरहेकी थिइन ।

एउटा हिड्दै,डुल्दै र खाँदै गरेको श्रीमानलाई छोडेर चुनाबी अभियानमा निस्किएकी उनले एकाएक प्रकाशको निधन पत्याउन सकिरहेकी थिइनन । तर त्यसलाई आत्मसाथ गर्नुको विकल्प पनि त थिएन । जेनतेन बिनाले आफुलाई सम्माहलेर उनका बाँकी सपनालाई पुरा गर्ने जिम्मेवारी पाएकी छिन ।

बिना संगै भएको भए……………………………

केही दिनअघिदेखि विसञ्चो महसुस गरेका प्रकाश शनिबार राती आमा सीता दाहालले पकाएको जाउलो खाएर एक्लै आफ्नो कोठामा सुत्न गएका थिए ।

चुनावको तिथि तय हुनुअघि सँधै प्रकाशसंगै रहने गरेकी विना मगर चुनाव प्रचारको लागि कञ्चनपुर नगई उनीसंगै कोठामा भएको भए हृदयाघात भएको बेलामा प्रकाशको छटपटि उनले चाल पाउँथिन र समयमै हारगुहार गर्न भ्याउँथिन की ?  उनलाई राती नै अस्पताल पुरयाएर बचाउन सकिन्थ्यो की ? यो सब घटना भएपछि मात्र आएका प्रतिक्रिया हुन् ।

Bina and Prakas 3

जेठी श्रीमती प्रभा बोगटीसंग सम्वन्ध विच्छेद गरीसकेपछि ल्याइएकी दोस्री श्रीमती सृजना त्रिपाठी पनि केहीवर्षदेखि प्रकाशबाट टाढा थिइन् । सृजना प्रकाशको नावालक छोरासंग केही बर्ष पोखरामा बसीन् भने अहिले छोरा पढाउनका लागि काठमाडौमा बसीरहेकी छिन ।

संगै रहेकी विना कञ्चनपुरबाट प्रतिनिधि सभा निर्वाचनकी उम्मेदवार भएकीले उनी पनि केहीदिनदेखि प्रकाशबाट टाढा कञ्चनपुरमा थिइन ।जसका कारण केहीदिनदेखि विरामी महसुस गरिराखेका प्रकाश कोठामा एक्लै थिए ।

प्रकाशलाई समयमै अस्पत्ताल पुर्‍याउँन सकेको भए…………………….

‘प्रकाशलाई हृदयघात लगत्तै अस्पताल पुरयाउन सकिएको भए बचाउनलाई त्यति समस्या हुँदैनथ्यो’ नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ एवम् चार वर्षदेखि प्रचण्डका पारिवारीक नीजि चिकित्सक रहेका डा जेपी जयसवालले भने ।

‘जाउलो खाएर सुत्न गएपछि उनलाई छटपटी भएको हुनसक्छ’ उनले भने—‘तर उनको कोठामा उनीवाहेक कोही नभएकोले उनको अन्तिम छटपहाट कसैले सुन्न सकेनन ।’

हृदयघात भएको केहीबेरमा प्राथमिक उपचारका उपाय अपनाउन सके र एकघण्टाभित्र सम्वन्धित अस्पताल पुर्याउन सके हृदयाघात भएको जस्तोसुकै अवस्थाको विरामीलाई बचाउन सकिने मुटुरोग विशेषज्ञहरु बताउँछन । प्रचण्ड निवास लाजिम्पाटबाट गंगालाल हृदय केन्द्र बाँसबारी र नर्भिक अस्पताल थापाथलीको दुरी करीव बराबर नै छ ।

रातको समयमा ती दुवै अस्पतालमा पुग्न गाडीमा १० देखि १५ मिटेन मात्रै लाग्थ्यो र उनको समयमै उपचार गरेर बचाउन सकिन्थ्यो ।आफ्नो एकमात्र छोरालाई उठाउन पुगेकी प्रकाशकी आमा सीताले हृदयघातका कारण आफ्नो छोराको मृत्यु भएको करीव ३ देखि ४ घण्टापछि आइतबार विहानमात्रै थाहा पाइन् ।

उपचारको लागि आइतबार विहान ५ बजेर ५० मिनेटमा लाजिम्पाट निवासबाट थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा ल्याउँदा प्रकाशको शरीर अर्रो भईसकेको थियो । आँखाको नानी सुन्नीसकेको, हातगोडा चिसा भइसकेका थिए’ नर्भिक अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सकलाई उपचारमा संलग्न डा।जयसवालले टेलिफोनमा भने ।

नर्भिकमा ल्याएपछि प्रकाशलाई बचाउने प्रयासमा सो अस्पतालका मुटुरोग विशेषज्ञहरु डा।रविन्द्रप्रसाद यादव, डा।विमलेश श्रेष्ठ र डा।महेश यादव संलग्न थिए । तर अस्पताल पुर्याउनु ३÷४ घण्टा अघि नै उनको मृत्यु भईसकेको चिकित्सकले पत्रकार सम्मेलनमा बताए ।

प्रकाशको मृत्युपछि उनकी आमा सीता दाहाललाई केही स्वास्थ्य समस्या देखिएपछि तिनै नीजि चिकित्सक डा.जयसवाल र नर्भिक अस्पतालका वरिष्ठ मुटु शल्यचिकित्सक प्रा.डा यादवदेव भट्ट प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए ।

प्रचण्डको पारिवारिक चिकित्सक डा.जेपी जयसवालका अनुसार ३ महिना अघि मुटुसम्वबन्धी परीक्षण टिएमटि र इसिजी गर्दा गर्दा प्रकाश दाहालको पछिल्लो स्वास्थ्य अवस्था राम्रो थियो । हृदयाघात नै हुने खालको कुनै खरावी थिएन । हृदयघातनै हुने कुनै लक्षण थिएन । कोलेस्ट्रल र रक्तचाप नर्मल थियो ।

विगतको तुलनामा उनी कम पिउँथे । खासै तनावमा थिएनन । उनले हालसम्म मुटु र रक्तचापसम्वन्धी कुनैपनि औषधि सेवन गरेका थिएनन ।

दुई हप्ता पहिलाको बिनाको बोली………………

प्रतिनिधिसभामा कञ्चरपुरबाट उम्मेदवार भएपछि प्रचण्डकी बुहारी भनेर बिनाको व्यापक आलोचना भयो । चौतर्फी रुपमा बिनाको आलोचना भएपछि चुनाबीसभामै बिनाले आफु प्रचण्डको बुहारी भन्दा पहिले कञ्चनपुरको छोरी भएर चिनिन चाहेको भनेर गरेको भाषण मिडियामा व्यापक छायो ।

Prakash and Bina 4

उनले आलोचनालाई मथ्थर पार्न त्यसो भनेकी थिइन तर नभन्दै त्यस्तै हुन पुग्यो । प्रकाश विनाकी बिना अब प्रचण्डकी बुहारी कम र कञ्चनपुरकी छोरी बढी हुनेछिन् ।

निर्वाचनमा विजयीभएछि उनको आवजजावत बढी कञ्चनपुरमै हुनेछ । बिनालाई प्रकाशले औधी मायाँ गर्थे भन्ने छुट्टाउन प्रकाशको फेसबुक प्रोफाइल हेरे पुग्छ । बिना संगैका धेरै तस्बिर देख्न सकिन्छ ।

बिनालाई प्रकाशको Best wishes!

बिनाले चुनाब जितुन् भन्ने चाहना भएपनि प्रकाश खुलेर बिनाको प्रचार गर्न सकिरहेका थिएनन् । कारण चौतर्फी हुने आलोचना बाट बच्न चाहन्थे । सार्वजनिक रुपमा बिनाको प्रचार गर्न नसकिरहेका प्रकाशले विनालाई कञ्चनपुरमै गएर पनि सघाउन चाहन्थे तर यता बुवाको रेखदेख गर्ने जिम्मेवारी पनि उनकै थियो ।

Binako jit

चाहना एकातिर थियो भने बाध्यता अर्कोतिर । यी चाहना र बाध्यताका विचमा आफुलाई उभ्याइरहेका थिए प्रकाश । खासै विनाको बारेमा खुलेर प्रचारप्रसार नगरेपनि फेसबुकमा जितका लागि शुभकामना भने फोटो सहित पोष्ट गरेका थिए उनले ।