बैशाख १३, २०८१ बिहीबार

प्रकाशलाई मिस गर्दै बिना-‘तिम्रो साथ यति छोटो हुन्छ भन्ने थाहा भएको भए….



काठमाडौ-‘तिम्रो साथ यति छोटो हुन्छ भन्ने थाहा हुन्थे त सायद,हरपल तिम्रो अड़़गालोमै बसिरहन्थे ’ पती प्रकाश दाहालको निधन भएपछि उनकी पत्नी बिना मगरले आफ्नो आधिकारीक लाइक पेजमा पहिलो पटक प्रकाशका लागि भावनात्मक शब्दहरु लेखिन् ।

चुनाबी अभियानमा कञ्चनपुरमा रहेकी बिना प्रकाश दाहालको अचानक भएको निधन संगै काठमाडौ आएकी थिइन । चुनाब हुनुभन्दा अगाडी नै पती प्रकाश दाहालको निधन भएपछि निर्वाचनमा होमिएकी उनले निर्वाचन नलड्ने मानसिकता बनाएको भनेर समेत समाचारहरु सार्वजनिक भएका थिए ।

तर परिवर्तनका लागि ज्यानको बाजी थापेर लडेकी उनी र उनको परिवारले प्रकाशको निधनमा धित मरुञ्जेल रुन समेत नपाइ चुनाबी मैदानमा होमिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा ससुरा पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा बिना पनि आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुरमा चुनाबी गतिविधीमा सहभागी भइन् ।

मतदान नहुने दिन सम्म विनाले सकसका विच आफुलाई मतदाताका अगाडी मुटु गाँठो पारेरै भएपनि आत्मविश्वास दिलाइन् । निर्वाचन सकिए संगै उनी कञ्चनपुर १ बाट प्रतिनिधीसभामा विजयी भइन् ।  विजयी नेता र कार्यकर्ताहरू सबै अबिर लगाएर रंगीचंगी भएका थिए ।

तर कञ्चनपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित बिनाको मुहारमा कुनै उत्साह देखिएन । पति वियोगको पीडाले जितको खुसियालीसमेत मनाउन सक्ने अवस्थामा थिइनन् उनी । निर्वाचित भएको प्रमाणपत्र बुझेपछि उनी केही बोल्न खोज्दै थिइन् । तर दुईरचार शब्द नबोल्दै उनको आँखाबाट आँसु झर्न थाल्यो ।

त्यतीबेला उनले भनेकी थिइन् “आज जितेर पनि खुसी हुन सक्ने अवस्था छैन,यस्तो खुसीको क्षणमा पनि मेरो जीवन साथी मसँग नहुँदा दुस्खी छु ।’ निर्वाचन सम्पन्न भएर विजयी भएपछि बिनाले लगातार प्रकाशलाई सम्झिरहेकी छिन् ।

उनले आफ्नो बिना मगर नामको फेसबुक लाइक पेजमा प्रकाशलाई समर्पित गरेर लेखेका शब्दहरु देख्दा लाग्छ बिना प्रकाशकै यादमा तडपीरहेकी छिन् ।

आफुले विगतमा गरेका धेरै संघर्षपछि जीवनमा पहिलो पटक पाएको सफलतामा खुसी हुने र खुसी साट्ने प्रकाश दाहाल उनको साथमा छैनन् त्यसैले पनि विनाको पिडा फेसबुक लाइकपेजमा पोखिएको हो ।

उनी कञ्चनपुरबाट प्रतिनिधिसभामा निर्वाचित र पहिलो महिला पनि हुन् । उनी ११ वर्षको छँदै बाल कलाकार हुँदै माओवादीमा प्रवेश गरेकी थिइन् ।

उनी अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला अध्यक्ष हुँदै ०६४ मा सरस्वती क्याम्पसको स्ववियु सभापति पनि भएकी थिइन् । द्वन्द्वका बेला पक्राउ परेकी उनले ०५८ सालमा २७ महिना भैरवनाथ गणमा बिताएकी थिइन् ।