बैशाख १३, २०८१ बिहीबार

ओनसरीको आँशुले बन्न लागेको एउटा बास



रोल्पा – गएको पुस ९ गते, (डिसेम्बर २४) का दिन टेलिभिजनको पर्दामा एउटा दृष्य देखियो नेपालकी निवर्तमान सभामुख ओनसरी घर्ति धर्धरी रोएको दृस्य देखियो । राज्य संयन्त्रको माथिल्लो तहमा पुगेकी एक नारी त्यसरी धर्धरी रोएको र उनको रुवाईको कारणले उनी संगै धेरै रोए ।

२०५२ सालमा जनयुद्ध शुरु भएपछि युद्धमा सहभागी आफूहरु राज्य संयन्त्रको माथिल्लो तहमा पुग्दा संगै युद्धलडेर ज्यान गुमाएका सहयोद्धाको परीवारको अहिलेको दयानीय अवस्था देखेर ओनसरीले आँशु थाम्न सकेकी थिईनन् ।

बिबिसी साझा सबालको ५२४ औँ अंकमा देखाईएको सो दृष्य निकै मार्मिक थियो किनकी कुनै बेला राज्यले हेपेको ठाउँ रोल्पा÷रुकुमका धेरै नेताहरु २०५२ सालमा माओवादीले शुरु गरेको जनयुद्धमा गरेको संघर्षले खारीएर अहिले राज्य संयन्त्रको माथिल्लो तहमा पुगे । तर त्यही जनयुद्धको शुरुवाती दिनहरुमा लडाईमा ज्यान गुमाएका परीवारको त्यो अवस्थाले धेरै नेपालीलाई रुबनायो ।

देशभरी पहुँचवालाले शहिदको नामको रकम दुरुपयोग गरीरहेको बेला देशमा गणतन्त्र स्थापनाका लागि आफ्नो ज्यान गुमाउने शहिदका बृद्ध बाबुआमाले शहिद परीवारले पाउनुपर्ने राहत पनि नपाएको थाहा पाएपछि उनका पति पूर्वमन्त्री एवं माओवादी केन्द्रका प्रभावशाली नेता बर्षमान पुन पनि भावुक भए ।

बिबिसी साझा सवालका कारण बगेको ओनसरीको आँशुले दयानीय जीन्दगी विताउन बाध्य उनै शहिद परीवारको घर बन्ने भएको छ । जनयुद्धकालमा आफ्ना एकमात्र छोरालाई गुमाएका सुनछहरी गाउँपालिका–७, जेलबाङका मङ्गले बुढा दम्पत्तिको लागि नयाँ घर बन्न शुरु भएको छ । मङ्गलेले सहिद परिवारले राज्यबाट पाउने राहत रकम १० लाख पनि प्राप्त गरेका छन् ।

रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित माओवादी केन्द्रका वरिष्ठ नेता वर्षमान पुन “अनन्त” ले सांसद सुरक्षित आवास कार्यक्रम बनाएर उक्त कार्यक्रममार्फत सहिद परिवार मङ्गलेको घर निर्माणको कामलाई नेता बर्षमान पुन “अनन्त” आफै जेलबाङ पुगेर मङ्गले बुढा दम्पत्तिको घर शिलान्यास गरेका हुन् ।

बीबीसी साझा सवालको कार्यक्रममा मङ्गले बुढाले झुपडीमा बसेर सहिद परिवारले पाउने रकम आफूहरुले नपाएको बताएका थिए । साेही कार्यक्रममा मङ्गले दम्पत्तिको कुरा सुनेर  पूर्व अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता “अनन्त”ले भावुक भएर घर निर्माण गरिदिने र राहत रकम दिलाउने प्रतिबद्धता जनाएका थिए ।

उक्त घर निर्माणका लागि बिबिसी साझा सवालकी तत्कालिन प्रस्तोता विद्या चापागाईको पनि महत्वपूर्ण भूमिका छ ।