चैत्र १६, २०८० शुक्रबार

अविवाहित आमाको निर्दयी मन, आफैले जन्माएको शिशु खाल्डोमा



कालिकोट – दैलेख दुल्लु नगरपालिकाबाट अबैध सम्बन्धबाट जन्मेको आफ्नै नवजात शिशुको हत्या गरी जमिनमा गाडेको आरोपमा एक किशोरीलाईप्रहरीले पक्राउ गरेको छ। अछाम जिल्ला तुर्माखाँद गाउँपालिका–४ की १९ वर्षीया किशोरी जमुना रावललाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

विजया माध्यमिक विद्यालय दुल्लूबजारमा कक्षा १२ मा अध्ययनरत अविवाहित ती किशोरीले आफ्नै कोखबाट जन्मेको नवजात शिशु छोरालाई दुल्लू नगरपालिका–४ बारतडी भन्ने ठाउँमा माटोमा गाडेको खुल्नआएपछि ती किशोरीलाई दुल्लूबजारको डेराबाट सोमबार पक्राउ गरिएको दैलेख प्रहरीले जनाएको छ।

घर पोत्ने माटो खन्दै गर्दा स्थानीय महिलाहरूले आइतबार मृतअवस्थामा नवजात शिशुको टाउकोको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सोही खबरको आधारमा अनुसन्धानपछि नवजात शिशुको आमा जमुना रावल भएको खुलेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ।