आश्विन २१, २०८१ सोमबार

प्रस्ताव नमान्दा स्वास्थ्यकर्मीले नै बालिकाको यौनाङ्ग जलार्इदिए



डोटी – आफूले राखेको प्रस्ताव नमानेपछि जिल्ला स्वास्थ्य कार्यालय डोटीमा कार्यरत बिमल कुँवरले कुरुवा बसेकी एक बालिकाको यौनाङ्ग जलार्इदिएका छन् । हजुरआमाको कुरुवा बसेकी १५ वर्षिया बालिकालार्इ कुँवरले घुम्न जाने प्रस्ताव राखेको तर उनले नमानेपछि केमिकल खन्याएका हुन् ।

कुँवरले स्वास्थ्य कार्यालय परिसरमा आगो तापिरहेको समयमा आगो ताप्ने निहुँमा आफ्नो नजिक आएर विस्कुट दिने भन्दै घुम्नलाई आफ्नो कोठामा जान आग्रह गरेका थिए । बालिका जान नमानेपछि अस्पतालको ईमरजेन्सी वार्डबाट बोतलमा रहेको तरल पदार्थ बालिकामाथि छ्यापेको प्रत्यक्षदर्शीले बताएका छन् ।  तरल पर्दाथ बालिकाको शरीरमा छर्कदा उनको यौनाङग जलेको छ ।

जिल्ला अस्पताल डोटीमा  पाँददिन देखि हजुरआमाको कुरुवा बसेकी बालिकामाथी आइतबार राति १० बजे जिल्ला अस्पत्ताल परीसरमै यो घटना भएको हो । ‘हामी आगो तापिरहेको बेला त्यो मानिस आएर अनेकौँ कुरा गरेर बोलायो, नमानेपटि एकपटक उसले कपालमा समाचेतर पनि तान्यो’  प्रत्यक्षदर्शी भगवती वि.क.ले भनिन्, – ‘केही समयपछि बोतलमा पानी जस्तो चिज ल्याएर उनको शरीरमा खन्याउँदा शरीरमा आगो बल्यो ।’

११ महिनादेखि वायोमेडिसिन टेक्निसियनको रुपमा जिल्ला स्वास्थ्य कार्यालय डोटीमा कार्यरत कुँवरलाई आइतबार राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित पक्षले एसिड हालेको दाबि गरेको भए पनि उनको उपचारमा संलग्न जिल्ला स्वास्थ्य कार्यालय डोटीका डाक्टर विवश पराजुलीले एसिड नभई स्प्रिड हानेको हुनसक्ने बताएका छन् । पीडितको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको छ ।

डोटी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मधुसुधन लुईटेलले भने  आगो ताप्ने क्रममा आगो निभाउँदा स्प्रिड बालिकालाई परेको बताए । ‘यसलाई बलात्कारको प्रयास भन्न मिल्दैन् ’ उनले भने ।  पीडित पक्षले भने घटनालाई लुकाउन खोजेको भन्दै आपत्ती जनाईरहेका छन् ।