चैत्र १५, २०८० बिहीबार

भक्तपुरमा ५ वर्षीया बालिका बलात्कृत



काठमाडौं – भक्तपुरमा एक पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । चाँगुनारायण नगरपालिका–४ घर भई भक्तपुर नगरपालिका–६ कमलबिनायक बस्ने ५ वर्षीया बालिका गत पुष ३० गते बलात्कृत भएकी हुन् ।

ललितपुर बुङमति घर भई हाल भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने १८ वर्षीय बसन्त तामाङले बलात्कार गरेको पीडित बालिकाका अभिभावकले बताएका छन् । अभिभावकले प्रहरीमा निवेदन दिएसँगै तामाङलाई पक्राउ गरिएको छ ।

महानगरिय प्रहरी वृह जगातिका डिएसपी दिपक श्रेष्ठले तामाङलाई थप अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘बालिकाको मेडिकल प्रक्रियामा छ । अहिले छानबिन भइरहेको छ ।’