बैशाख १३, २०८१ बिहीबार

सप्तरीमा युवतीमाथि सामूहिक बलात्कार



सप्तरी – सप्तरीमा मेला हेरेर फर्केकी एक युवती सामूहिक बलात्कारमा परेकी छन् । रक्षाबन्धनको दिन खड्ग नगरपालिकाको अर्नाहामा लागेको मेला हेरेर घर फर्किने क्रममा ६/७ जनाले सामूहिक बलात्कार गरेको भन्दै शम्भुनाथ नगरपालिकाकी २० वर्षकी युवतीले प्रहरीमा उजुरी दिएकी हुन् ।

मेला चलिरहेका बेला एक्कासी पानी पर्न थालेपछि साथीहरुसँग छुटेकी उनी ९ बजेतिर घर जाने क्रममा बलात्कृत भएकी हुन् ।

युवतीले मदिरा सेवन गरेका युवाहरुले आफूलाई एकान्त ठाउँमा लगी बलात्कार गरेको उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्याललयका प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।

युवतीको उजुरीको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अन्यको खोजी भइरहेको डीएसपी रिमालले बताए ।