चैत्र १६, २०८० शुक्रबार

विदेश पठाउने प्रलोभनमा महिलालाई भारत लैजाने पक्राउ



नवलपरासी –  नवलपरासी प्रहरीले महिला बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

नवलपरासी पूर्वको गैडाकोट नगरपालिका १७ बस्ने निसा बोटे र नवलपरासी पश्चिम बर्दघाट नगरपालिका ६ बस्ने जिवन बिकलाई   जिल्ला प्रहरी कार्यालय नवलपरासीले पक्राउ गरेकाे हाे । 

पक्राउ गरिएका दुवै जनामाथि मानव बेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्ष वीरेन्द्र थापाले जानकारी दिए ।

थापाका अनुसार नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका १ को सीमा महेशपुरबाट माईती नेपालको सहयोगमा दुई महिलाको उद्धार गरिएको छ ।

उनीहरुले दिएको जाहेरीको आधारमा बोटे र बिकलाई पक्राउ गरिएको हो ।

उनीहरुले ती महिलालाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन पारेर भारतमा बेचबिखनका लागि लैजान लागेका बेला माईती नेपालको टोलीले उद्धार गरेको हो ।