बैशाख ७, २०८१ शुक्रबार

सुस्त मनस्थितिकी युवती बलात्कार गर्ने पक्राउ



पाँचथर –  सुस्त मनस्थितीकी युवती बलात्कार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । फाल्गुनन्द गाउँपालिका वडा नं. २ का लाले भनिने शुरेस भुजेललाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो ।

भुजेलले गत मंसिर २८ गते साँझ परिवारका अन्य सबै सदस्य विवाहमा गएको मौका पारी युवतीलाई बलात्कार गरेको प्रहरीको आरोप छ । उनले यूवतिलाई फकाएर घरभन्दा केही पर लगेर बलात्कार गरेको पीडितले इशारा मार्फत आफन्तलाई बताएकी छन् । ति यूवतिले जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

बलात्कारका आरोपित भुजेललाई पुष १ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।

घटना बारे थप अनुसन्धानका लागि पीडकलाई पाँचथर जिल्ला अदालतबाट म्याद थप गरी जबरजस्ती करणी महल अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।