बैशाख १०, २०८१ सोमबार

नेपाली महिलाकाे लघुवित्तलाई १ लाख लाख अमेरिकी डलरकाे ग्लोवल अवार्ड



काठमाडौं – महिला सहयात्रा माईक्रोफाइनान्स वित्तिय संस्था “राजकुमारी सविकाविन्त अब्राहिम अल–खालिफा ग्लोवल अवार्ड” द्वारा सम्मानित भएको छ। 

सार्वजनिक संस्था, निजी, गैर सरकारी र स्वतन्त्र गरि चार विधामा विभिन्न मुलुकका १८ सय ८७ प्रतिस्पर्धिहरुलाई उछिन्दै महिला सहयात्रा पुरस्कृत भएको हो। कम्पीले एक लाख अमेरिकी डलरसहित ग्लोवल अवार्ड प्राप्त गरेको छ।

देशभरका २८ हजारभन्दा बढि महिलाहरुकाबीच लघुवित्त सेवाका साथै लघु उद्यममार्फत समुदायको आर्थिक तथा सामाजिक विकास कार्यहरुमा विशेष योगदान गरेवापत   संयुक्त राष्ट्रसंघको ६३औं महासभाले संस्थालाई सम्मानीत  गरेको प्रमुख कार्यकारी अधिकृत डा. सुमिता मानन्धरले जानकारी दिइन्। 

अवार्ड ११ मार्च २०१९ मा संयुक्त राष्ट्रको महिलाहरुको अवस्था सम्बन्धि ६३औं महासभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत मानन्धरले अवार्ड ग्रहण गरेकी थिइन्। संस्थाले नेपालका अति विकट क्षेत्रहरुमा गई स्थानीय स्रोत र साधनलाई उपयोग गर्दै सिपमुलक तालिम दिई पिछडिएका महिलाको क्षमता अभिवृद्धि गर्न सफल भएको उनले बताइन्। 

९३ जना महिला सदस्यहरुबाट सुरु गरिएको संस्थाले हाल २६ वटा शाखामध्ये २१ वटाले अति विकट क्षेत्रमा गएर काम गरेको संस्थाले जनाएको छ। संस्थाले लघुवित्तको साथै सिप विकास तालिम तथा बजारीकरणको काम समेत गरेको छ।