बैशाख ७, २०८१ शुक्रबार

कुवेतमा नेपाली युवतीले लिभिङ्ग टुगेदरमा बसेका पुरुषको हत्या गरेपछि २० जना पक्राउ



काठमाडौँ — रोजगारीका लागि कुवेत पुगेकी एक नेपाली युवतीले लिभिङ्ग टुगेदरमा बस्दै आएका पुरुषको हत्या गरेकी छन् ।

नेपाली युवती माया गुरुङले एउटै कोठामा वस्दै आएका तनहुँका खेम विकलाई छुरी प्रहार गरी हत्या गरेकी हुन् ।

उनीह्रु कुवेतको मंगाफस्थित ब्लक–४ मा चार वर्षदेखि सँगै बस्दै आएको त्यहाँका नेपालीहरुले बताएका छन् ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार प्रहरीले अनुसन्धानका लागि माया गुरुङलाई पक्राउ गरेको छ। विकको शवलाई पोसमार्टमका लागि फरेन्सिक विभागमा लगिएको छ।

घटनाको विस्तत विवरण आइनसकेकोले प्रहरीसँग थप विवरण लिने काम भइरहेको दूतावासले जनाएको छ ।

माया घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी थिइन् ।

माया र विक सँगै बसेपनि लामो समयदेखि आपसी विवाद भइरहेको नवराज पराजुलीले वताए।

“खेम विकलाई छाती र पछाडि छुरा प्रहार भएको छ । उनलाई सेतो कपडाले बेरेको अवस्थामा त्यही घरमा बस्दै आएका नेपालीहरुले देखेको हो”, मंगाफमा बस्दै आएका पराजुलीले भने .

उनका अनुसार प्रहरीले थप अनुसन्धानका लागि उक्त घरमा बस्दै आएका २० जनालाई पक्राउ गरेकाे छ । उनीहरूमध्ये अधिकांश अवैध रुपमा बस्दै आएका थिए ।