बैशाख १३, २०८१ बिहीबार

चिर्पटले हानेर श्रीमतीको हत्या गर्ने पक्राउ



रामेछाप – लिखु तामाकोसी गाउँपालिका ३ मा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

५० वर्षकी धनकुमारी दमाईको हत्या आरोपमा ६१ वर्षका ६१ वर्षका निरबहादुर दमाईलाई पक्राउ गरिएको रामेछापका प्रहरी प्रवक्ता इन्सपेक्टर शेख अदालतले जानकारी दिए ।

घरमा खाना पकाइरहेका बेला निरबहादुरले श्रीमतीलाई चिर्पटले टाउकोमा हिर्काएको प्रहरीले बताएको छ ।

प्रहरीले निरबहादुरमाथि अनुसन्धानका लागि शुक्रबार जिल्ला अदालत रामेछापबाट ५ दिनको म्याद लिएको छ ।