बैशाख १२, २०८१ बुधबार

सरिता हत्याकाण्ड: परिवारका पाँच जना पुर्पक्षका लागि थुनामा



काभ्रे – सरिता दुलालको हत्या आरोपमा पक्राउ परेका परिवार पाँच जना सदस्यलाई पुर्पक्षका लागि थुनामा परेका छन् ।

जिल्ला अदालत काभ्रेले आज श्रीमान् सुदिप, ससुरा पिताम्बर, सासु गंगा, जेठाजु केशव र जेठानी संगीतालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

न्यायधीश दुर्गा खड्काको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जनाइएको छ ।

मण्डन देउपुर – ६ की सरिताको १३ वैशाखमा आफ्नै र घाँटीमा थिचेर हत्या गरिएको थियो ।

पक्राउ परेका ससुरा, सासु, जेठाजु र जेठानीले अदालतमा इन्कारी बयान दिए पनि सरिताका श्रीमान सुदिपले सामुहिक रुपमा हत्या गरेको बयान दिएका थिए ।

सरिताको पोष्टमार्टमका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले सरिताको हत्या एक जना व्यक्तिबाट मात्रै नभएको रिपोर्ट दिएको थियो ।

दुलाल परिवारमा सम्पत्ति र सरिताको नागरिकता तथा सरिता दम्पतीबाट बच्चा नभएको विषयमा विवाद रहेको स्थानीयवासीले बताउँदै आएका छन् ।

दुलालका दाजु कृष्णप्रसाद दाहालले भुइँतलामा बस्दै आएकी सरिताको घाँटीमा डोरीले कसेको नीलडामसहितको शव माथिल्लो तलामा भेटिनु, बिहान १० बजे मात्रै घरका अन्य व्यक्तिले सरिता मृत अवस्थामा भेटिएको भनेर प्रहरीलाई खबर गर्नुले कर्तव्य गरी मारेको सम्भावनालाई बलियो बनाएको उजुरी दिएका थिए ।