बैशाख १३, २०८१ बिहीबार

वडाध्यक्ष सापकाेटाले समाधान गरीन् ७ वर्षदेखिकाे समस्या, सडक विस्तार शुरू



काठमाडौं महानगरपालिका १४ काे रविभवनमा सातवर्षदेखि राेकिएकाे सडक चौडापार्ने कार्य शुरू भएकाे छ ।

रविभवनबाट सन्तोषीमाताको मन्दिरतर्फ जाने सडक चौडा पार्न जग्गधनी सुरेशलाल श्रेष्ठ सहमत भएपछि सडक विस्तारकाे कार्य शुरू भएकाे हाे ।

काठमाडौं १४ कि वडाध्यक्ष शोभा सापकोटाकाे पहलमा जग्गाधनी श्रेष्ठ सडक चाैडा सहमत भएका थिए ।

“मेरो अनुरोध मानेर जग्गा धनीले ८ स्क्वायर फिट जग्गा सडकलाई छोडिदिनुभयो”, उनले भनिन् “उहाँले यो जग्गा दिएपछि यसभन्दा तल्लो भेगका करीब पाँचसय घरलाई प्रत्यक्ष लाभ पुगेको छ ।”

वडाध्यक्ष सापकाेटाले छलफलकै माध्यमबाट समस्या समाधान गरी स्थानीयलाई सडक विस्तार गर्न सहमत गराएपछि आइतबार बिहान वडाध्यक्षसहित स्थानीय सरोकारवाला भेला भएर सडक विस्ताका लागि चिनो लगाएका छन् । 

रविभवनबाट ज्ञानोदय स्कूलतर्फको शाखा सडककाे रूपमा रहेकाे साे सडकमा पहिला मूल सडकबाट तलतिर जानका लागि पहिले ३ फिटे गल्ली मात्र थियो । तर अव सडक ११ फिट चौडा र मुख १६ फिट चौडा भएको वडाध्यक्ष सापकोटाको भनाइ छ । 

“अब मुल सडकबाट भित्र जान र भित्रबाट मुल सडकमा निस्कन समस्या छैन” सापकोटाले भनिन्  “यो मेरो लागि ठूलो उपलब्धी हो ।” 

सो सडकलाई लाई कलंकी र बाफलतर्फ जान बैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने उनको भनाइ छ ।