चैत्र १६, २०८० शुक्रबार

‘आइएनजिओले समुदायलाई आवश्यक कार्यक्रम मात्र ल्याउ’ :मन्त्री थापा



काठमाडौं-महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गैरसरकारी संघसंस्थाहरुले आवश्यकतामा आधारित कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताएकी छन् । ४० औं सामाजिक सेवा दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दे मन्त्री थापाले समुदायलाई आवश्यकता परेको कार्यक्रमहरु सञ्चालन गर्न सके मात्र दिगो र स्थायी हुने बताइन् ।

उनले देश संघिय प्रणालीमा गइसकेको अवस्थामा समाजकल्याण परिषद पनि संघिय संरचनामा जान आवश्यक रहेको बताइन् । ‘मुलुक संघिय संरचनामा प्रवेश गरेसंगै परिषदका काम कारबाही पनि त्यसैअनुसार अगाडी बढ्न आवश्यक छ ‘ उनले भनिन् । मन्त्री थापाले समाज कल्याण परिषद आगामी दिनमा सेवा प्रवाहको क्षेत्रमा प्रबिधिमैत्री र आधुनिक बन्न जरुरी रहेको बताइन् ।