बैशाख १, २०८१ शनिबार

महिला र बालबालिकाका लागि धमाधम छुट्टै क्वारेन्टिन बन्दै



काठमाडौं  – क्वारेण्टाइनमा महिलाहरु असुरक्षित हुन थालेपछि धमाधम महलिा क्वारेण्टाइन बन्न थालेका छन् ।

घटनापछि   बर्दिया, चितवन तथा पोखरामा धमाधम महिला क्वारेण्टाइन बनाइएका छन् ।

कैलाली, लम्कीचुहा नगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी महिला बलात्कृत भएपछि विभिन्न स्थानीय तहले धमाधम महिला क्वारेन्टाइन स्थापना गरेका हुन् ।

चितवनको राप्ती नगरपालिकाले जिल्लामा पहिलो पटक राप्ती–६ मा रहेको भण्डारा माविमा महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ ।

नगरपालिकाले भण्डारा माविमा ५० श्ययाको महिलामैत्री क्वारेन्टिनको व्यवस्था गरेको हो ।

तत्कालका लागि ३० श्ययाको क्वारेन्टिनको व्यवस्था भए पनि ५० श्यया पु¥याइने नगरपालिका प्रमुख प्रभा बरालले बताउनुभयो । बरालका अनुसार महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ ।

त्यस्तै बर्दियाको गुलरिया नगरपालिकाले पनि गुलरिया–४ कोटही माध्यमिक विद्यालयमा ३० शय्या क्षमता भएको क्वारेन्टाइन निर्माण गरेको छ ।

क्वारेन्टाइनमा सुरक्षाका लागि सबै महिला प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत बालकृष्ण अधिकारीले बताए।

उता पोखरा महागनरपालिकाले वडा नं. ३ स्थित बुद्ध अस्पताललाई महिला क्वारेण्टाइन बनाएको छ ।

लामो समयसम्म सञ्चालनमा नरहेको सो अस्पतालमा महिलालाई सुरक्षित वातावरण खाँचो औँल्याउँदै उक्त प्रबन्धसहित क्वारेन्टाइन बनाइएको हो ।

क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत महिला राखिने छ ।

परिवारसहित आउनेलाई अन्य क्वारेन्टाइनमा राख्न सकिने छ भने एक्लाएक्लै आउने महिलालाई छुट्टै राख्ने व्यवस्था गरिएको हो ।