बैशाख २, २०८१ आईतबार

दिगो‚ सुरक्षित र एकीकृत बस्ती विकासमा राष्ट्रपतिको जोड



काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ‚ कालीकोट र सिन्धुपाल्चोकमा गएको बाढीपहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज अपराह्न ट्विट गरी मौसमी विपद्को जोखिम हरेक वर्ष भयावह हुने गरेको जनाउँदै प्रकृति र वातावरणमैत्री दिगो‚ सुरक्षित र एकीकृत बस्ती विकास गरी मानव जीवन रक्षामा राष्ट्रको ध्यान लगाउन आह्वान गर्नुभएको छ ।