चैत्र १६, २०८० शुक्रबार

अस्पतालमै उपचार अभाव : जण्डिस भएकी महिलाको मृत्यु



जण्डिसको उपचार गर्न नोबेल मेडिकल कलेज भर्ना भएकी ३० वर्षीय महिलालाई १६ घण्टासम्म डाक्टरल नहेरेपछि उपचार नपाएर मृत्यु भएको छ ।

बिहीबार दिउँसो २ बजे आकस्मिक कक्षमा भर्ना गरिएकी भोजपुरको षडानन्द नगरपालिका– ११ कि प्रतिमा राईको शुक्रबार बिहान उपचार अभावमा मृत्यु भएको हो ।

आफन्त सुकदेव राईका अनुसार प्रतिमालाई १६ घण्टासम्म डाक्टरले कुनै चेकजाँच नगरेपछि रातभर आकस्मिक कक्षमा छटपटाएर बिहान मृत्यु भएको हो ।

स्वास्थ्य समस्या देखिएपछि तुम्लिङटारमा लगेर स्वास्थ्य जाँच गराएउँदा प्रतिमालाई जण्डिसहित अन्य समस्या पनि रहेको भन्दै स्वास्थ्यकर्मीले विराटनगर रेफर गरेका थिए।

विरामीलाई नोवेल अस्पताल पु¥याउँदा अवस्था सामान्य भएपनि अस्पताल पुगेपछि अबस्था बिग्रँदै गएर अन्त्यमा मृत्यु भएको आफन्त सुकदेवले बताए । ‘हामीले उपचार गर्न भन्यौं, तर डाक्टर नै आएनन्’, उनले भने ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले भने बिरामीको रगत, मृगौलामा खराबी देखिएको बताउँदै उनले फोक्सोमा पानी जमेकोले मृत्यु भएको तर उपचारमा लापरवाही नगरेको बताए ।

कोरोना महामारीका कारण विराटनगरका अस्पतालहरुले विरामीलाई सहज रुपमा भर्ना लिन मान्दैनन् ।