चैत्र १६, २०८० शुक्रबार

आज नेपालमा कोरोना संक्रमित ह्वात्तै घटे, आज ५ सय ९ महिला सहित १५ सय ५१ जनामा संक्रमण



नेपालमा आज ५ सय ९ जना महिला सहित १५ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार विभिन्न ५७ जिल्लामा ति संक्रमित भेटिएका हुन् ।

यो सँख्या हिँजो सोमबारको तुलनामा ८ सय ८९ ले कमि हो । हिँजो ९३७ महिला र १५ सय ३ पुरुष सहित २४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हिँजोको तुलनामा मात्र होइन, पछिल्लो २४ घण्टाको तथ्यांकले नेपालमा पछिल्लो एकसाता बढीरहेको कोरोना संक्रमितको दर एक्कासी घटेको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १३ गते ५५६ महिला र ९५७ पुरुष गरी १५ सय १३ जना संक्रमित भेटिएकोमा
१४ गते ५८२ महिला र ९७७ पुरुष गरी १५५९ जना, १५ गते ६२८ महिला र १२८३ पुरुष गरी १९११, १६ गते ९६५ महिला र १७५७ पुरुष गरी २७२२, १८ गते ७६६ महिला र १३५४ पुरुष गरी २१२० जना र हिँजो सोमबार ९३७ महिला र १५ सय ३ पुरुष सहित २४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । साप्ताहिक तुलनामा महिला पुरुष दुवैको संक्रमित हुने संख्या घटेको छ ।

यो सँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४७ जना सहित आजसम्म १० लाख ९९ हजार २७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आज संक्रमितको संख्या घटेको छ भने कोरोना संक्रमणबाट मुक्त हुने हुनेको संख्या बढेको छ । हिँजो एक हजार १ सय ३३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएकोमा आज २ हजार ३४० जना संक्रमित कोरोनामुक्त भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ जना महिला र ५ जना पुरुषसहित ९ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमध्ये ललितपुरमा १ महिला र २ पुरुष गरी ३ जना, काठमाडौंमा २ महिला र तेह्रथुम, सुनसरी र चितवनमा १÷१ जना पुरुष रहेका छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ ।

संक्रमितमध्ये देशभरका संस्थागत आइसोलेसन ९ हजार ११८ जना र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन् । देशभर क्‍वारेन्टिनमा भने ४ हजार २२१ जना रहेका छन् ।

अहिले कोरोना संक्रमणले जोखिमपूर्ण अवस्थामा पुगेर ४० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने २४३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।