बैशाख १३, २०८१ बिहीबार

फेसबुकमा ‘बलात्कारी सङ्गठन’ पेज बनाउने पक्राउ



प्रहरीको साइबर ब्युरोले कथित ‘बलात्कारी सङ्गठन’ नामक फेसबुक पेज बनाएर अश्लिल तथा आपत्तिजनक सामग्री पोष्ट गर्नेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्युठान घर भई हाल नवलपुरको कावासोती बस्ने १९ वर्षका नवीन बस्नेत रहेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्यालले जानकारी दिनुभयो । उनले गरेका गतिविधि विद्युतीय कारोबार ऐन २०६७ को दफा ४७ अन्तर्गतको कसुर मानिन्छ ।