बैशाख १३, २०८१ बिहीबार

उपमेयरकाे ‘विद्रोह’ – महिलाको मर्यादा नराख्ने मेयर मुर्दावाद ! (भिडियो सहित)



वडा कार्यालयहरुको भवनमा राखेका ताम्रापत्रमा आफ्नोनाम छुटाएपछि कैलालीको घोडाघोडी नगरपालिकाकी उपमेयर प्रेमकुमारी थापाले कार्यक्रमस्थलमै मेयर विरुद्ध नाराबाजी गरेकी छन् ।

नगरपालिकाको वडा नम्बर ७, ५ र १२ मो बनाएका आफ्नै भवन उद्घाटनमा मेयर सहित आफू पुगेपनि मेयर ममताप्रसाद चौधरीले आफ्नो नाममात्र राखेपछि थापाले कार्यक्रमस्थलमै मेयर विरुद्ध नाराबाजी गरेकी हुन् ।

उदघाटनमा राखिएको ताम्रपत्रमा मेयर र वडाका पदाधिकारीको मात्र नाम छ । मेयरले षड्यन्त्रपूर्वक आफ्नो मर्यादा मिचेको उनको आरोप छ।

उनले मेयरले उदघाटन गर्ने क्रममा ताम्रापत्रमा ढुँगाहान्दे नाराबाजी र आप्mनो धारणा राखेकी हुन् । कार्यक्रममा मेयरले उनलाई रोक्न खोजेपनि थापाले ‘उपमेयरलाई अपमान गर्ने मुदार्बाद’, ‘घोडाघोडी मेयर मुर्दावाद’, ‘महिला भनेर अपमान गर्ने मुर्दावाद’ उनले नारा लगाइन् ।

आफूलाई सँधै अपमान गर्ने मेयरले यसरी सार्वजनिक कार्यक्रममा समेत मर्यादा नराखेपछि बाध्य भएर ढुँगा हान्नु परेको सार्वजनिक कार्यक्रममै मेयर र उपमेयरको विवाद छताछुल्ल भएको छ ।

शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटन गर्न नदिने उनले अडान राखेपछि सबै भवनमा उपमेयरको पनि पनि राख्ने सहमति भएको छ ।

भिडियाे हेर्नुहाेस्