बैशाख ३, २०८१ सोमबार

भाउजूको हत्याका आरोपी खुना सार्वजनिक



कञ्चनपुर-भाउजूको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ परेका शुक्लाफाँटा नगरपालिका ८ का २४ वर्षीय मानसिंह खुनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।

प्रहरीले ३५ वर्षीया कलावतीको हत्याको आरोपमा मानसिंहलाई गत असोज २८ गते पक्राउ गरेको हो । कलावतीको शव सुनवरा नदी किनारमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो । उनीहरु दुवै संँगै माछा मार्न खोलामा गएका थिए ।

देवरसंँगै खोलामा माछा मार्न गएकी कलावतीको शव नदीको किनारामा गाडिएको अवस्थामा फेला परेपछि मानसिंहलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले सार्वननिक गरेका खुना कलावतीका देवर हुन् । उनले सुनवरा नदीमा माछा मार्न नदीमा पसेका अवस्थामा घाँटी च्यापेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।