चैत्र १६, २०८० शुक्रबार

नेपालकै पहिलो हाईटेक रोबोट ‘यान्त्रिका’ कोरोनाबाट बच्न सिकाउने स्वयंसेविका



तपाईं कार्यालयको गेटबाट भित्र छिर्दा बाँया हातले टक्क सेनिटाइजर दिन्छिन् । मास्क लगाउनुभएको छैन भने आँखा झिम्क्याउँदै झोलाबाट मास्क निकालेर दिन्छिन् ।

कोरोना भाइरसको महामारीले पृथ्वीका मानवजातिलाई आक्रान्त पारेको छ । तर अचम्म छ, मानवजातीलाई यो डरलाग्दो भाइरसबाट जोगाउनका लागि यान्त्रिकाले गेटमा बसेर यसरी सहयोग र सचेचना जागाउने काम गर्छिन् ।

यो दृस्य नेपाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को कार्यालयको हो । नाष्टका वैज्ञानिकहरुले बनाएको पहिलो ह्युमोनोइड एआई रोबोट यान्त्रिकाले यसरी कोरोनाबाट सुरक्षित हुनका लागि मानिसलाई सहयोग गर्ने गरेकी हुन् ।

यान्त्रिकाको सोमबार भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको छ ।

आर्टिफिसियल इन्टिलिजिन्स र मेसिन लर्निङ सिस्टम जडित ‘यान्त्रिका’ नेपालमै पहिलो हाईटेक प्रविधिको मेसिन लर्निङ फिचर भएको डिजिटल रोबोर्ट भएको नाष्टका प्राविधिक अधिकृत इन्जिनियर रोशन पाण्डेले बताए ।

पाण्डेको नेतृत्वमा नवप्रवर्तन समूह (इन्नोभेटिभ ग्रुप) नाम दिएर निर्माण गरिएको यो रोबोटको डिजाइनदेखि हरेक सिस्टमहरु नयाँ किसिमको रहेको बताइएको छ । ‘यो कम्पनी प्रोडक्ट नभएर अनुसन्धानका लागि हो,’पाण्डेले भने ।

निर्माण कार्यामा इन्जिनियरद्वय ज्ञानेन्द्र थापा र सागरबहादुर तामाङ, ३ जना इन्जिनियरिङका विद्यार्थीहरुमा रामकृष्ण यादव, नविन दाहाल र दिवस खड्का छन् । रोवोर्टलाई मानिसजस्तै देखिने बनाउन सुरेश कार्की, घनश्याम श्रेष्ठ, सुजिन श्रेष्ठ र जयनारायण चौधरी गरी ४ जना आर्टिस्टहरुले काम गरेका छन् ।

उनका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि लक्षित गरेर निर्माण गरिएको यान्त्रिकाले अहिले नाष्टको कार्यालय परिसरभित्र सेवा दिने काम गर्छिन् ।

यान्त्रिकाले नाष्टको मुख्य ढोकाबाट छिर्ने बित्तिकै स्वागत गर्ने, आगन्तुकले मास्क लगाएको /नलगाएको बारे जानकारी र आगन्तुकहरुको तापक्रम पनि जाँच्ने यान्त्रिकाले मास्क नलगाएकोलाई दायाँ हातले मास्क दिने र त्यसपछि सबैलाई स्यानिटाइजर दिने काम गर्ने पाण्डेले बताए । उनका अनुसार तापक्रम नाप्नका लागि यान्त्रिकाभित्रै कन्ट्याक्ट लेस टेम्प्रेचर डिटेक्ट गर्ने उपकरण जडान गरिएको छ ।

अहिले कोरोनाको महामारीमा रोबोटले जानेर स्वयंसेविकाको रुपमा मास्क र स्यानिटाइजर लगाउनुपर्छ भन्ने चेतना हुन्छ,’ पाण्डेले भने,‘ हामी मानिसहरु पनि स्वास्थ्यमा ख्याल गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको हो ।’

मानिसको जस्तै सजिलो तरिकाले नमस्कार गर्ने र हात हल्लाउने यान्त्रिकाले कुनै सूचना दिँदा मानिसले जस्तै आँखा झिम्क्याउने तथा मानिसको जस्तै आँखाले पनि एक्सप्रेसन दिने नाष्टले जनाएको छ । यान्त्रिकामा जडित भ्वाइस डिटेक्सन सिस्टेमको माध्यमबाट यान्त्रिका एक ठाउँबाट अर्को ठाउँबाट अर्को ठाउँमा पनि जान सक्ने बताइएको छ ।

कोरोनाकालपछि यो रोबोटलाई अझ विकसित गरेर कर्मचारीहरुको हाजिरी लिने, हाजिरी गरेरनगरेको सोध्ने, हालखबर पनि सोध्ने पाण्डेले बताए ।

अन्य मुलुकबाट मोटर, प्रोसेसर लगायत केही इलोक्ट्रोनिक्सहरु ल्याई करिब ६ हप्ता लगाएर निर्माण गरिएको यान्त्रिकाको २ हप्तासम्म परीक्षण गरिएको थियो ।

रोबोर्टको निर्माण खर्च भने अन्य मुलुकमा लाग्ने खर्चभन्दा कम कम नै रहेको निर्माणकर्ता बैज्ञानिकहरुले बताएका छन् ।

यो रोबोटमा मेसिन लर्निङ र आर्टिफिसियल इन्टिलिजेन्स पनि जडान गरिएको छ । अहिले ०.१ भर्सनको यान्त्रिका निर्माण गरेको समूहले केही नयाँ विशेषताहरु थपेर मानिसहरुसँग वादविवाद पनि गर्न सक्ने गरी सन् २०२१ को अन्त्यतिर यसको दोस्रो भर्सन यान्त्रिका ०.२ ल्याउने तयारी भइरहेको नाष्टले जनाएको छ ।