बैशाख ६, २०८१ बिहीबार

कोरोना संक्रमण देखिएकी तनहुँकी गर्भवतीको चितवनमा मृत्यु



चितवन – कोरोना संक्रमण देखिएका कारण अस्पताल भर्ना भएकी तनहुँकी एक गर्भवतीको चितवनमा मृत्यु भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको बिहीवार बिहान चितवनको भरतपुर अस्पतालमा मृत्युु भएको हो ।

गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा खोकी, श्वासप्रश्वासमा समस्या थियो । उनको अवस्था जटिल भएपछि बुधबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनी ३७ हप्ताको गर्भवती भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।

अस्पतालका स्वास्थ्यकर्मीले अथक प्रयास गर्दागर्दै पनि बचाउन नसकेकोमा भरतपुर अस्पतालले दुःख ब्यक्त गरेको छ ।