बैशाख १, २०८१ शनिबार

नवलपुरका सिडियो पंगेनीलाई कोरोना संक्रमण



नवलपुर । नवपलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आफूसँगै बस्दै आएका परिवारका एक जना सदस्यमा कोरोना भाइरस पुष्टि भएपछि पिसिआर परीक्षण गर्दा प्रमुख जिल्ला अधिकारी पंगेनीलाई कोरोना भाइरस पुष्टि भएको हो ।

पंगेनीको ४ दिन अघि स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि पठाइएको थियो । विहीबार आएको रिपोर्टमा प्रमुख जिल्ला अधिकारी पंगेनीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी पंगेनी आफ्नै निवासमा विगत ४ दिनदेखि होम क्वारेन्टाइनमा रहेकी थिइन ।

प्रमुख जिल्ला अधिकारीलाई केही दिन अघि रुघा लागेको भए पनि अहिले भने स्वास्थ्य अवस्था समान्य रहेको प्रमुख जिल्ला अधिकारी पंगेनीले जानकारी दिइन् ।

नवलपुरमा सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ । विहीबार नवलपुरमा १६ जनामका संक्रमण पुष्टि भएको थियो ।

योसहित नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय १३ पुगेको छ भने हालसम्म १ हजार ४ सय ३७ जना संक्रमित फेला परेका छन् । ति मध्ये १४ जनाको निधन भएको छ भने ९ सय १० जना निको भएका छन् ।