बैशाख १३, २०८१ बिहीबार

यी सामान्य ८ कुरामा ध्याद दिँदा पेट कहिल्यै खराब हुँदैन



ग्याष्ट्रिक, कब्जियत लगायतका समस्याले धेरैलाई हैरानी पारेको छ । झन् यो चाडवाड र कोरोना संक्रमणबाट बच्नका लागि शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउनको खानपानले धेरैमा यो समस्या बढाएको छ ।

व्यस्त जीवनशैलीका कारण हामी दिनभरी यस्ता क्रियाकलाप गर्दछौं जसका कारण पेट खराब हुन्छ । यसका कारण अल्सर, कब्जियत वा एसिडिटीजस्ता समस्या हुन थाल्छन् । यो समस्याबाट बच्नका लागि हामीले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । ग्यास्ट्रोएन्टोलोजिस्ट डा. अरविन्द नामदेवले यस्ता ८ टिप्सबारे बताएका छन् जुन अपनाउँदा तपाईंको पेटलाई खराब हुनबाट जोगाउन सकिन्छ ।

१. पर्याप्त पानी पिउनुहोस्ः

दिनभरी कम्तीमा ८ देखि १० गिलास पानी पिउनुहोस् । यसले पेटमा भएको फोहोरलाई बाहिर निकाल्छ । यस्तोमा कब्जियत र एसिडिटीको्  समस्या नियन्त्रणमा रहन्छ ।

२. फाइबर डाइट लिनुहोस्ः

दैनिक आफ्नो डाइटमा हरियो सागसब्जी, टुसा उम्रेका गेडागुडी र रसिला फलफूल समावेश गर्नुहोस् । यसमा भएको फाइबर्सले पेट खराब हुनबाट बचाउनेछ ।

३. बिस्तारै बिस्तारै खानुहोस्ः

खानेकुरालाई एकैपटक नखाई दुई वा तीन घण्टाको फरकमा खानुहोस् । यसो गर्दा खाना सहि तरिकाले पच्ने गर्दछ भने पेट खराब हुँदैन ।

४. उच्च बोसोयुक्त खानेकुरा कम खानुहोस्ः

खानामा उच्च बोसो भएको मासु खानामा कम समावेश गर्नुहोस् । यसमा भएको बोसो सजिलै पच्दैन । खानामा यसको कम प्रयोग गर्दा पेट खराब हुँदैन ।

५. नशा छोड्नुहोस्ः

धेरै चुरोट वा रक्सी पिउने बानी छोड्नुहोस् । यसले पेटको अल्सर र घाँटी पोल्ने समस्या नियन्त्रणमा हुन्छ ।

६. तनाव नलिनुहोस्ः

तनाव नलिँदा रक्त संचार राम्रो हुन्छ । यसले पाचन क्रिया राम्रो हुन्छ । यस्तोमा कब्जियत र एसिडिटीको समस्या नियन्त्रणमा हुन्छ ।

७. समयमा खानुहोस्ः

दिनभरी ब्रेकफास्ट, लञ्च र डिनर निर्धारित समयमा खानुहोस् । यस्तोमा खाना सहि तरिकाले पच्ने गर्दछ । यसले कब्जियतको समस्या नियन्त्रणमा रहन्छ ।

८. व्यायाम गर्नुहोस्ः

दैनिक कम्तीमा ३० मिनेट व्यायाम गर्नुहोस् वा हिँड्नुहोस् । यसले मेटाबोलिजम सुधार्छ र पाचन क्रिया राम्रो हुन्छ ।