बैशाख ८, २०८१ शनिबार

स्वर्गीय श्रीमान् श्रीकृष्णलाई राख्ने ठाउँ दिनेसँग श्वेताले विवाह गर्ने



अभिनेत्री श्वेता खड्काले विवाह गर्ने इच्छा व्यक्त गरेकी छन् ।

विवाह गरेको एक महिनामा नै श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि विछिप्त बनेर बल्लतल्ल सम्हालिएकी खड्काले अहिले भने विवाह गर्ने इच्छा व्यक्त गरेकी हुन् ।

तर विवाहका लागि उनको एउटा शर्त छ श्रीकृष्णलाईृ राख्ने ठाउँ दिनुपर्छ । अर्थात नयाँ घरमा पनि उहाँको तस्बिर राख्न पाउनुपर्छ । उनले श्रीकृष्णका कुरा गर्दा तारिफ गर्नुपर्छ ।

‘उहाँको जन्मदिन हरेक वर्ष सेलिब्रेट गर्न छुट दिने मान्छे आए विवाह गर्छु । उहाँ मेरो विगत हो । मेरो विगतलाई स्वीकार गर्न नसक्ने मान्छेसँग विवाह हुँदैन ’, नयाँ पत्रिकाका लागि नविन प्यासीसँग कुरा गर्दै उनले भनेकी छन् ।

उनी थप्छिन् ‘मेरो प्रत्येक पलमा उहाँबारे बोल्दा तारिफ गर्ने मान्छेसँग हुनुपर्छ । धनले, रूपले मलाई अर्थ राख्दैन । मन राम्रो भएको मान्छेसँग अवश्य जोडिन सक्छु ।’

‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरेकी श्वोता श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनैसँग विवाह गरेकी थिईन । एक महिनामा नै निर्णय भएर उनीसँग विवाह भएको बताउने श्वेता उनको निधनको पीडा भुलेर विस्ताले आज खुसी हुने प्रयत्न गरेको बताउँछिन्।

विवाहको विषयमा निश्चित नै भने नभएको उनको भनाई छ । ‘भोलि के हुन्छ, सोच्दै सोच्दिनँ । अरूले के भन्छ, सोच्छ पनि ख्याल गर्दिनँ’, उनी भन्छिन्, ‘उहाँ (श्रीकृष्ण श्रेष्ठ) ले मलाई यसरी अधुरो बाटोमा छाडेर जानुहुन्छ भनेर कसरी थाहा हुन्छ ? भोलिको कुरा कसलाई के थाहा ? ’

श्रीकृष्णको निधनको पीडाबाट सम्हालिएर ‘श्वेता श्री फाउन्डेसन’ मार्फत माझी बस्ती निर्माण पनि गरिरहेकी श्वेता आफूले विगत भुलेर बाँच्न नयाँ काम गर्दै आएको बताउँछिन् । ‘पहिलाको श्वेता त उहाँले छाडेर गएको दिन नै जलेर मरिसकी । म अर्को श्वेता जन्मेकी हो । अहिले नयाँ जे पनि सोच्न सक्छु । मेरो जीवनमा जे पनि हुन सक्छ ’, उनले भनेकी छन्, ‘पहिलाको जिन्दगीको त्यो गाडी, त्यो लुकिङ मिरर हेर्न छाडिसकेँ किनकी जुन बाटोमा मेरा पछाडिका घटना देखिन्छन् । त्यही भएर म फ्रेस श्वेता हो । मैले फिल्म पनि बनाएँ र दर्शकको मन जितेँ । बस्ती पनि बनाउँदै छु । जे गर्दै छु, नयाँ गर्दै छु ।’

यदि भोलि विवाह भइहाल्यो भने श्रीकृष्ण श्रेष्ठलाई बिर्सनुहुन्छ त ? भन्ने प्रश्नमा उनले भनेकी छन् ‘यदि मेरो विवाह भइहाल्यो भने उहाँलाई राख्ने स्पेस सिर्जना गर्न नसक्नेसँग हुँदैन । मेरो नयाँ घरमा पनि उहाँको तस्बिर राख्न पाउनुपर्छ । उहाँको जन्मदिन हरेक वर्ष सेलिब्रेट गर्न छुट दिने मान्छे आए विवाह गर्छु । उहाँ मेरो विगत हो । मेरो विगतलाई स्वीकार गर्न नसक्ने मान्छेसँग विवाह हुँदैन । मेरो प्रत्येक पलमा उहाँबारे बोल्दा तारिफ गर्ने मान्छेसँग हुनुपर्छ । धनले, रूपले मलाई अर्थ राख्दैन । मन राम्रो भएको मान्छेसँग अवश्य जोडिन सक्छु ।