बैशाख २, २०८१ आईतबार

सहिमाको बालापन सम्झाउने ‘ओक्कल दोक्कल’ युट्युव नं. वान ट्रेण्डिङमा (भिडियो)



काठमाडौं । बालापनको यादलाई ताजा गराउँने गीत ओक्कल दोक्कल को म्युजिक भिडियो युट्युब नं. १ ट्रेण्डिङमा परेको छ।

चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गितको भिडियो सार्वजनिक भएको छोटो समयमा लाखौ दर्शक श्रोताहरुको माया बटुल्न सफल भएको हो ।

नेपालदेखि विदेशसम्म हुने मनोरन्जनात्मक कार्यक्रममा सँधै ब्यस्त रहने गायिका लकडाउनमा समेत दर्जनौ गीतहरुमा आफ्नो स्वर दिएर चर्चामा रहिन ।

दर्जनौ चर्चित गीतहरुमा सुमधुर आवाज भरेर दर्शक श्रोताहरुको मन मुटुमा बस्न सफल गायिका सहिमा र गायक सन्दिप न्यौपाने पछिल्लो समय चर्चामा रहेका छन् ।

बालापनको यादलाई ताजा गराउँदै उनीहरुले दशैं कोसेली स्वरुप नवमीको दिन भिडियो रिलिज गरेका हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एकपछि अर्को राम्रो राम्रो गीतहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पूर्ण नेपाली गीत संगीतको पारखीहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि गायिका श्रेष्ठ र गायक सन्दिप न्यौपानेले फरक शैलीको गित सांगीतिक बजारमा लिएर आएका हुन् ।

गायक सन्दिप न्यौपानेको शब्द तथा गोबिन्द मधुर आचार्यको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई छायाँकार पवन सुसलिङले छायांकन गरेका हुन् भने सरोज अधिकारीले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोमा जुनियर कार्टुन क्रुलाई फिचर्ड गरिएको छ ।