बैशाख ८, २०८१ शनिबार

विप्लवका सेक्रेटरी सविता अधिकारी पक्राउ



काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टीकी ललितपुर जिल्ला सेक्रेटरी सविता अधिकारी ‘विदुषी’लाई प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीलाई ललितपुरकै भीमसेन मन्दिर नजिक कोणसभामा गरिरहेको बेला प्रहरीले पक्राउ गरेको हो। जाजरकोटको छेडागाड नगरपालिका–९ की अधिकारी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ मा बस्दै आएकी थिइन्।

पक्राउ गरेपछि प्रहरीले विदुषीलाई हातहतियार तथा खरखजनासँगै विष्फोटक पदार्थसम्बन्धी कसूरमा फरार रहेको आरोप लगाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता तथा डीएसपी सन्तोष तामाङले उनको साथबाट प्रहरीले विप्लव समूहसँग सम्बन्धित दस्तावेज फेला पारी बरामद गरेको बताए। विदुषीलाई आइतबार जिल्ला अदालत ललितपुरमा पेस गरी म्याद थप गराएको र अनुसन्धान थालिएको उनले बताए।