बैशाख १, २०८१ शनिबार

थोरै घट्यो सुनको मूल्य, चाँदीको बढ्यो



नेपाली बजारमा सुनको मूल्य थोरै रकमले घटेको छ । आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो ५ रुपैयाँले घटेको चाँदीको मूल्य आज ५ रुपैयाँले नै बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय १० रुपौयँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।