बैशाख ३, २०८१ सोमबार

घरायसी विवादमा श्रीमानको घाँटी थिचेर पिर्का प्रहार गरी हत्या



सल्यान । प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई श्रीमती ४३ वर्षीया ईश्वरीले हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकामा प्रहार गरी हत्या गरिएको मृतकका बुवाले प्रहरीलाई जानकारी दिएपछि आज उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपित महिलालाई पक्राउ गरेर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचनाअधिकृत प्रहरी निरीक्षक वलीले जानकारी दिए ।