चैत्र १५, २०८० बिहीबार

मनोज गजुरेल बिरामी हुँदा मीना विक्षिप्त, भन्छिन् ‘मैले निराहार व्रत बसेकी छु, प्रार्थना सुन्छन् भगवानले’



काठमाडाैं ।  कलाकार मनोज गजुरेल कोरोना संक्रमणका कारण सिकिस्त बिरामी परेपछि उनकी पूर्वपत्नी मीना ढकालले आफू विक्षिप्त भएको भन्दै भावुक स्टाटस लेखेर स्वास्थ्य लाभको कामना गरेकी छन् ।

ढकालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गजुरेलको दीर्घायूको लागि आफू बिसौँ तिजका निराहार व्रत बसेकोले आफ्नो कामना भगवानले सुन्ने र चाँडै निको हुने विश्वास व्यक्त गरेकी छन् ।

‘मेरो प्रार्थना सुन्छन् भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु’, उनले लेखेकी छन्, ‘मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ—मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि ।’

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसियु मा उपचारारत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ।

ढकालले आजपनि गजुरेललाई उत्तीकै सम्मान र माया गर्ने भन्दै गजुरेल सिकिस्त भएको सहन नसक्ने आज महसुस भएको भन्दै माया समेत दर्शाकएकी छन् ।

‘भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु’, उनले भावुक हुँदै लेखेकी छन्, ‘आज तिमी आईसियु मा उपचारारत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ।’

ब्यवहारीक बेमेल भएपनि गजुरेलको जीवन आफ्नो लागि महत्वपूर्ण भएको भन्दै उनले गजुरेल भएको कारणले गर्दा नै छोराछोरी ढुक्क भएकोले दीर्घायूको कामना गरेकी छन् । ‘छोराछोरी तिम्रो प्रति़क्षामा छन । तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन । म यो रियलाईज गरिरहेछु’, उनी लेख्छिन्, ‘मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ । हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ ।’

उनको स्टाटसले धेरै शुभचिन्तकलाई भावुक बनाएको छ । स्टाटसमा कमेण्ट गर्दै धेरैले ढकालको स्टाटसले आफ्नो आँशु खसेको प्रतिकृया दिँदै गजुरेलको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनीहरुले गजुरेललाई चाँडै निको भएर ढकालसँग पुनर्मिलनको कामना समेत गरेका छन् ।

यस्ताे छ मीनाकाे स्टाटस् 

जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भए पनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्पराअनुसार तिम्रो सिन्दूरको ऋणी भएकी थिएँ ।

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँंग मैले जीवनका बीसौँ वर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मीयताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु । केही अपवादलाई बाहिर राखेर र मेरा केही खुसीहरूको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।

भलै समयले तिम्रो र मेरोबीचमा दूरी ल्यायो होला फेरि पनि मेरा दुई सन्तानको जन्मदाताका रुपमा आज पनि म तिमीलाई उत्तिकै सम्मान गर्छु र माया गर्छु । आज तिमी आईसीयुमा उपचाररत छौ भन्ने समाचारले मलाई विक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भए पनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु । आज महसुस भइरहेछ ।

म तिम्रो सुस्वास्थ्यका लागि भगवान्सँग प्रार्थना गर्छु । तिम्रो जीवनसँग मेरा दुई सन्तान पनि जोडिएका छन् । तिमी ठिक छौ र त उनीहरू ढुक्क छन, सुरक्षित छन् । छुट्टै भए पनि, टाढै भए पनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन्, म यो रियलाइज गरिरहेछु । मेरो प्रार्थना सुन्छन्, भगवानले, तिमी छिट्टै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबु–नानीको सामीप्यमा पुग्नेछौ भन्ने आशामा छु ।

मनोज गजुरेल, तिमी छिट्टै हार मान्ने मान्छे होइनौ— मैले बिसौँ तीजका निराहार व्रत बसेकी छु तिम्रा लागि । आज पनि तिम्रो दीर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रतिक्षामा छन्..। तिमी र मबीच जस्तासुकै व्यावहारिक बेमेल भए पनि तिम्रो जीवन मेरा लागि महत्वपूर्ण छ । हार नमानिदेऊ । छिट्टै रिकभर भएर घर पुगेको देख्न पाऊँ !
– उही तिमीलाई आयुष्मान देख्न चाहने तिम्री पूर्व अर्धाङ्गिनी !