बैशाख १०, २०८१ सोमबार

महिला राष्ट्रपति भएको देशमा ‘घरभित्रै पनि होसियार’



काठमाडौँ – महिला हिंसा र बलात्कारका घटनाविरुद्ध शनिबार देशभर किशोरीहरुले अनौठौ प्रदर्शन गरेका छन् ।

अझै कत्ति सहने अभियानद्वारा महिला राष्ट्रपति भएको देशमा छोरी चेलीहरु असुरक्षित हुनु दु:खद भएको भन्दै बलात्कार बिरुद्ध देशभरका ५० जिल्लामा प्रदर्शन गरिएकाे हाे ।

विभिन्न क्षेत्रमा आबद्ध किशोरीहरुले कालो पहिरन, कालो पट्टी बाँधेर, प्लेकार्ड तथा ब्यानरसहित दिउँसो ३ बजे काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा प्रदर्शन गरेका थिए ।

उनीहरुको हातमा ‘मेरो कपडाको अर्थ स्वीकृति हैन’, ‘घरभित्रै पनि होसियार’, ‘तिम्रो बाटोमा बलात्कारी’, ‘हामी चुप कहिलेसम्म’, ‘बलात्कार बन्द गर’ लगायत थुप्रै नाराहरु लेखिएका पम्प्लेट थिए।

राजाधानीको माइतीघर मण्डला लगायतका सातै प्रदेशका करिब ५० जिल्लामा शनिबार दिउँसो ३ बजे एकैचोटी ‘फ्ल्यास मब’ गर्दै महिला हिंसा र बलात्कारविरुद्ध आवाज उठाइएको कार्यक्रम संयोजक भावना राउतले बताइन् ।

पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको र दोषीलाई कारबाही नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

वीरेन्द्रनगरको मंगलगढी चोकमा पीडितको न्यायका लागि किशोरीहरुले कालो लुगा र मुख छोप्ने गरी कालो पट्टी बाधेर प्रर्दशन गरेका छन् । उनीहरुले हातमा ‘अझै कति सहने, नो मिन्स् नो, स्टप रेप, माइ ड्रेस डजनट् मिन्स् यस’ लगायत नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

बलात्कारीविरुद्ध कडा कानुन ल्याउन सरकारलाई दबाब दिन प्रदर्शन गरेको प्रदर्शनको अगुवाई गर्ने सुर्खेतकी बिनिता बोगटीले बताइन् ।

देशमा बलात्कारका घटनाहरु बढ्दै गइरहेकाले आफूहरु सुरक्षित नरहेको उनीहरुले बताएका छन् ।

तस्विरहरू :