बैशाख ६, २०८१ बिहीबार

छोरीका लागि ५१ वर्षकी आमाले जन्माइदिइन स्वास्थ बच्चा



काठमाडौं । छारीको गर्भासयमा समस्या भएपछि अमेरिकामा ५१ वर्षीया महिलाले नातिनिको जन्म दिएकी छन् । प्रकृतिक रुपमा बच्चा जन्माउन नसकेकी आफ्नी छोरी ब्रेना लकवुडका लागि ५१ वर्षीया जुली लोभिंगले स्वस्थ बच्चा जन्म दिएकी हुन् ।

जुलीकी छोरी लकवुड र उनका पति आरोन बच्चाका जैविक आमाबुबा हुन् । २०१६ मा विवाह गरेका लकवुड र आरोनले एक वर्ष प्राकृतिक रुपमा बच्चा बनाउन सफल नभएपछि आइभीएफ (कृतिम तरिकाबाट गर्भाधान) गरेका थिए ।

जसबाट जुम्ल्याहा बच्चा हुदा मिसग्यारेज भएर लकवुडको गर्भाशय काम नलाग्ने भएपछि चिकित्सकले उनलाई सेरोगेसी मदर (भाडाकी आमा) खोज्न आग्रह गरेका थिए ।

लकवुडले आफ्नी आमालाई यो समस्या भनेपछि उनकी आमा आफ्नो नातिनिलाई जन्म दिन तयार भएकी हुन् ।

त्यसपछि आफ्नै छोरी ज्वाइँबाटै तयार भएको भ्रुण कृत्रिम प्रकृयाबाट जुलीको गर्भासयमा राखिएको थियो । सोही भ्रुणबाट हुर्केको बच्चा नोभेम्बर २ मा इलिनोइस अस्पतालमा जन्मिएको हो ।

नवजात शिशुको नाम ब्रायर जुलियट लकवुड राखिएको छ । चिकित्सकले दिएको मिति भन्दा १० दिन अघि नै जुलीले नातिनिलाई जन्म दिएकी थिइन् । अहिले आमा र नातिनिको स्वास्थ्य ठिक छ । एजेन्सी