चैत्र ३०, २०८० शुक्रबार

हिरोइन बन्न अमेरिका छाडेर फर्कँदै तनुश्री, १० वर्षपछि बलिउडमा फर्कन १५ किलो तौल घाटाइन्



मुम्बई । अभिनेत्री तनुश्री दत्ता अमेरिका छाडेर बलिउडमा कमब्याक हुने भएकी छन् । आफू बलिउड कमब्याक गर्नका लागि तयार रहेको बताउँदै उनले आफू छिट्टै फिल्म क्षेत्रमा आउने सामाजिक संजाल मार्फत जानकारी दिएकी हुन् ।

इस्टाग्राममा आफ्नो तस्बिर शेयर गर्दे अभिनेत्री दत्ताले यूएस सरकारको डिफेन्स सेक्टरमा राम्रो कामको अवसर छाडेर आफू कलाकारको रुपमा आफ्नो करियर फेरि सुरु गर्न चाहेको बताएकी छन् ।

‘केही पुरानो समाचार बाहिर आएको छ कि म लस एन्जलसमा आइटीको काम गरिरहेको छु । हो मैले आइटीको ट्रेनिङ गरेको थिएँ र युएसको सरकारको डिफेन्स सेक्टरमा राम्रो कामको अवसर पनि थियो’, उनले लेखेकी छन्, ‘तर, म कलाकारको रुपमा आफ्नो करियर फेरि सुरु गर्न चाहान्छु ।’

आफूले अभिनय करियर छोड्न नसक्ने भन्दै दत्ताले बलिउड कमब्याकका लागि आफूले १५ किलो वजन घटाएको समेत बताएकी छन् । दत्ता पछिल्लो समय सन् २०१०मा फिल्म ‘डिपार्टमेन्ट’ र ‘रामाः द सर्वाईवर’ देखिएकी थिइन् । उनले १० वर्षपछि बलिउडमा कमब्याक गर्न लागेकी हुन् ।

‘मलाई बलिउड र मुम्बईमा केही धेरै राम्रो मानिस समेत मिलेका थिए । त्यसैले म भारत फर्किदै छु’ उनले अगाडि थपेकी छन् ‘म केही समय बस्छु र केही राम्रा प्रोजेटमा काम गर्छु ।’ उनले बलिउडबाट फिल्म तथा वेभ सिरिजका लागि काम गर्ने अफर समेत आइरहेको खुलाएकी छन् ।