बैशाख ११, २०८१ मंगलबार

काठमाडौंमा महिला भन्दा धेरै पुरुष संक्रमित



काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट महिला भन्दा पुरुष धेरै संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २४ घण्टामा ५२८ महिला र ७३३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा मात्र हालसम्म १७ हजार १६४ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २८९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार २७५ जना सक्रिय संक्रमित रहेका छन् भने ७४ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ५०६ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ७७ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा ११ हजार ३९३ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ८१४ र ललितपुरमा एक हजार ८३१ जना होम आइसोलेसनमा रहेका छन् ।