बैशाख १, २०८१ शनिबार

विहेको सिजनमा ओरालो लाग्दै सुनको भाउ



काठमाडौं । उच्चतम रुपमा बढेको सुनको भाउ विहेको सिजन शुरु भएसँगै ओरालो लागेको छ । लगातार भाउ घट्ने क्रममा शुक्रबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजकालागि सुनको छापावल प्रतितोला भाउ ९१ हजार तीन सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको भाउ भने ९० हजार ८ सय रुपैयाँ छ । बिहीबार प्रतितोला छापावाल र तेजाबी सुनको भाउ क्रमशः ९१ हजार पाँच सय र ९१ हजार रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । बिहीबार ११ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको प्रतितोला मूल्य शुक्रबारकालागि ११ सय ६५ रुपैयाँ तोकिएको छ ।

कोभिड खोपको प्रावकारिता बढेका समाचारहरुसँगै अन्तर्राष्ट्रिय बजारमा बढेको आत्मबलले सुनको मूल्य पछिल्लो एक महिनादेखि ओरालो ट्रेण्डमा छ ।

सुनको अन्तर्राष्ट्रिय मूल्य मापन गर्ने गोल्ड प्राईसकाअनुसार पछिल्लो ३० दिनमा सुनको अन्तराष्ट्रिय मूल्य प्रतिऔंश ५६।९० डलरले घटेको छ ।