चैत्र १५, २०८० बिहीबार

आज शनिबार राशीफल अनुसार यस्तो छ तपाइँको दिन



वि.सं.२०७७ साल मंसिर १३ गते । शनिबार । ईश्वी सन् २०२० नोभेम्बर २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–त्रयोदशी,०९ घडी ३४ पला,बिहान १० बजेर ३२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–भरुणी,५३ घडी ५६ पला,रातको ०४ बजेर १० मिनेट उप्रान्त कृतिका ।

योग–वरियान,११ घडी १२ पला,बिहान ११ बजेर ११ मिनेट उप्रँन्त परिध । करण–तैतिल,बिहान १० बजेर ३२ मिनेट उप्रान्त गर,बेलुकी ११ बजेर ३७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–ध्वाक्ष योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी १६ पला । विष्णु–वैकुण्ठ चतुर्दशी ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउँन सकिनेछ । तपार्ईँको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरी समाजमा सम्मानित हुनेयोग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विदेशि सामानको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने कर्म प्राप्तिको निम्ति लामो दुरिको बिदेश यात्रा हुनेयोग रहेकोछ । पढाइ लेखाइमा सुधार हुँदै जाने तथा अलि बढि मेहेनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । अग्रज तथा आफन्तहरुको सल्लाह बमोजिम अगाडि बढ्नुहोला गन्तव्य पहिल्याउँन सहज हुनेछ । समयमा काम बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा अरुलाई पछी पारेर अगाडि बड्ने समय रहेको छ । साना तिना स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा बाहिरी वातावरणको ख्याल गर्नुहोला । माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धीत बस्तुहरु जस्तै,धातु तथा पानिसँग सम्बन्धीत बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइमा अल्छी गर्नाले अरुभन्दा पछि परिनेछ । मायाप्रेममा अविस्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनाले कामहरु सजिलै सम्पादन हुनेछन् । राज्यबाट पाउने सेवा सुविधा पाइने छ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नसोचेको धन सम्पति हात लाग्ने गतिलो योग रहेकोछ । व्यापार व्यावसायमा समय लगानी गर्नेहरुले मनग्गे धन सम्पति संग्रह गर्न सक्नेछन् । बिद्यामा समय दिए अनुशार राम्रै नतिजा ल्याउन सकिनेछ । माया प्रेममा अबिश्वास सिर्जना भएपनि अन्ततर एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । तरपनि खानपानमा बिशेष ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा पुरानो समस्या बल्झन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यावसायिक यात्रा हुने भएपनि गन्तब्यमा पुग्नु अगाबै बिभिन्न समस्याहरुको फेस गर्नु पर्नेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्नेछ । विलासी जीवन जीउन खोज्दा पढाइ लेखाइ तथा खोज अनुशन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवन साथिसँग मनमुटाब बढ्ने हुनाले दैनिक कामगर्न मन जानेछैन । ऋण लाग्ने तथा संकटको सामना गर्नुपर्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) वादविवाद तथा प्रतिस्पर्धामा तपार्ईँको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउनेछ । मायाप्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मावली पक्षबाट तपार्ईँको काममा आर्थिक सहयोग हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आकश्मिक धन तथा सम्पती लाभ हुनेयोग रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन लाभ हुनेछ । भौतिक सम्पति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामिप्यता बढेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले राज्यबाट पद प्रतिष्ठा प्राप्त हुने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कृषी तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । आमा वा अग्रजको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारमा आफन्तसँगको सम्बन्ध सुदृड भएर जानेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले जीवनमा सफल भएको महशुष हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) उद्योग तथा व्यापार व्यावसायमा ध्यान नदिदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुख पाइनेछ । दाजुभाई तथा छिमेकिको साथ नपाइने हुदा मन खिन्न रहनेछ । मुद्दा मामिला तथा प्र्रतिश्पर्धामा तपार्ईँको पक्षमा निर्णय नआउदा मानशिक तनाव बढ्नेछ । बिद्यामा गरीएको लगानीबाट सन्तोषजनक नतिजा आउनेछ । प्रयण सम्बन्धमा चिसोपन बढ्ने भएपनि अन्तत एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आत्मीय मित्र तथा जीवन साथिको सहयोगले व्यापार व्यावसायमा लगानी गरी आम्दानी गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धिहरुलार्ई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । गाएन पेशा तथा कला शाहित्यमा समय दिनेहरुले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । साझपख दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ ।